अनेवियूका केन्द्रीय सदस्य मनीष भट्टराई रिहा , आफ्ना नेता कार्यकर्ता माथि भइरहेको दमन विरुद्ध अखिल(क्रान्तिकारी) को हड्तालसम्मको संघर्षका कार्यक्रम घोषणा

0 Shares

गएको विहीवार साँझ गण्डकी उच्च बार एसोसिएसन भवन परिसरबाट प्रहरीले गिरफ्तार गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश प्रमुख मनीष भट्टराई हिजो साँझ रिहा हुनुभएको जानकारी प्राप्त भएको छ । आफ्नो व्यक्तिगत काम सकेर त्यही बाटो हुँदै कोठा फर्किदै गरेका उहाँलाई कास्की प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको आशंकामा गिरफ्तार गरेपनि उहाँमाथि छानविन गर्दा दोष नभेटिएपछि उहाँलाई रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ । उहाँसँगै गिरफ्तार प्रहरीले गिरफ्तार गरेका  अखिल(क्रान्तिकारी) का ९ जना नेता – कार्यकर्तालाई भने प्रहरीले रिहा नगरेको पोखराबाट प्राप्त समाचारमा जनाइएको छ ।

यता आफ्ना नेता कार्यकर्ताहरुको माथि भइरहेको दमन विरुद्ध अखिल (क्रान्तिकारी) ले हिजोबाट हड्तालसम्मका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको जानकारी प्राप्त भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले आफ्नो संगठनका नेता कार्यकर्ताहरु माथि राज्यले गरिरहेको दमनको बटेर प्रतिरोध गर्ने बताउनु भएको प्राप्त खबरमा उल्लेख छ ।

Leave a Reply