अनेवियूका केन्द्रीय सदस्य मनीष भट्टराई सहित अखिल (क्रान्तिकारी) का ९ जना नेता कार्यकर्ताहरुलाई प्रहरीद्वारा पक्राउ , अनेवियूद्वारा उहाँहरुको २४ घण्टाभित्र रिहाईको माग ,
अखिल नेपाल विद्यार्थी यूनियनका केन्द्रीय समिति सदस्य तथा गण्डकी प्रदेश प्रमुख मनीष भट्टराई ‘कम्पार’ सहित अखिल(क्रान्तिकारी) का ९ जना नेता कार्यकर्ताहरुलाई हिजो साँझ गण्डकी उच्च बार एसोसिएसनको भवन परिसरबाट कास्की प्रहरीलेले गिरफ्तार गरेकोप्रति अखिल नेपाल विद्यार्थी यूनियनले विरोध गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले आज एक विज्ञप्ति जारी अखिल नेपाल विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश प्रमुख मनीष भट्टराई ‘कम्पार’ सहित अखिल (क्रान्तिकारी) का ९ जना नेता कार्यकर्ताहरुलाई कास्की प्रहरीले गरेको गैर न्यायिक गिरफ्तारीको विरोध गर्दै उहाँहरुको २४ घण्टाभित्र रिहाई गर्न माग गर्नु भएको छ । अन्यथा शैक्षिक हड्ताल लगायत देशव्यापी आन्दोलन गरिने चेतावनी दिनु भएको छ ।
