छहारी साकोसद्वारा १ दिने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक तालिम सप्पन्न।

0 Shares

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका -४ , गाम्चाचोकमा रहेको छहारी बचत तथा ऋण सहकारी सस्था लि को आयोजना र मिलिजुली समाज काठमाडौको सह-आयोजनामा १ दिने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक तालिम हिजो गाम्चामा सम्पन्न भयो ।

 

स्थानीय महिलाहरुमा पाठेघर र स्तन क्यान्सर सम्बन्धी चेतना अभिबृद्धी गराउनका लागि कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ। तालिममग मिलिजुली समाजका अमृता कार्थक राई र प्रमिला वाडिकरलेप्रशिक्षण दिनु भएको थियो।
महिलाहरुमा अझै पनि रोग लुकाउने र स्वास्थ्य समस्या अझै पनि खुल्न नसक्ने हुनाले महिलाहरु रोगबाट ग्रसित हुनु पर्ने र अन्तिम अवस्थामा रोगको पहिचान हुने अवस्था रहेेेेकोले महिलाहरुमा पाठेघर र स्तन क्यान्सर सम्बन्धी तालिमले चेतना अभिबृद्धी हुने महिला उप -समिति सम्योजक निर्मला पराजुलीले बताउनुभयो। महिलाहरुमा यो समस्या अत्यन्तै देखिने हुनाले समयमै परिक्षण गर्नुका साथै यस प्रति सचेत रहनु पर्नेमा उहाको जोड  थियो।

छहारी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णहरि खड्काको सम्पन्न
तालिममा करिब ४० जना महिला दिदीबहिनीहरु को सहभागी रहेको थियो।

Leave a Reply