राष्ट्रिय सहकारी बैंक लि. ले फिर्ता ग-यो आफ्ना सदस्य संघ/संस्थाहरुलाई संरक्षित कोष

0 Shares

राष्ट्रिय सहकारी बैंक लि.ले सहकारी ऐन ,२०७४ तथा सहकारी नियमावली , २०७५  अनुसार आर्थिक वर्ष २०७४/०७५ को संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम आफ्ना सदस्य संघ/संस्थाको खातामा बिहीबारदेखि जम्मा गर्ने व्यवस्था मिलाइएको उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँको भनाई छ ।

आफ्नो बैंकका सदस्य रहेका संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जा बापत ब्याज तिरेको रकमको लागि ६० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरिएको गुरागाईँको कथन छ । जसका कारण सो बैंकसँग बचत तथा ऋण कारोवार गर्ने सहकारी संघ/संस्थाहरु लाभान्वित भएका छन् ।

 

Leave a Reply