ललितपुर महानगरपालिकामा दर्ता भएका ३४४ वटै सहकारी संस्थाहरुको डिजिटल फाइल बनाउने कार्य अन्तिम चरणमा पुगेको छ

0 Shares

– चन्द्रलाल डंगोल , सहकारी शाखा प्रमुख , ललितपुर महानगरपालिका

 

१. यतिबेला ललितपुर महानगरपालिकाको सहकारी शाखा के गर्दैछ ?

~ (क)  बिभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको ललितपुर महानगरपालिकाको सहकारी शाखाले यही असार १८ गतेदेखि २२ गतेसम्म ललितपुर महानगरपालिका भित्रका सहकारी संस्थाहरुको लागि सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ का प्रावधानहरुको बारेमा जानकारीमूलक सचेतना कार्यक्रम चलाउदैछ । जस अन्तर्गत असार १८ गते यस महानगरपालिकाका  वडा नं. १८, २१, २२ र २५  भित्रका सहकारी संस्थाहरुलाई मिलाएर सैंबुमा , असार १९ गते ललितपुर बहुउद्देश्यीय संघ लि. मा आवद्ध सहकारी संस्थाहरुका लागि सञ्चय कोष भवन लगनखेलमा , असार २० गते जिल्ला सहकारी संघ लि. , ललितपुरमा आवद्ध भएका सहकारी संस्थाहरुका लागि राष्ट्रिय सहकारी महासंघ लि. को सभाभवन पुल्चोकमा , असार २२ गते यस महानगरपालिकाको वडा नं. १ र २ भित्रका सहकारी संस्थाहरुका लागि वडा नं २ को कार्यालय सानेपामा हुने र अर्को एउटा कार्यक्रम भने तय भइसकेको छैन । यो पनि चाडै तय हुनेछ । सहकारी सम्बन्धी प्रशिक्षकहरुले यस तालिममा सहजीकरण गर्नु हुने छ ।

(ख) यस महानगरपालिकाको  सहकारी शाखामा दर्ता भएका ३४४ वटै सहकारी संस्थाहरुको फाइल डिजिटल गर्ने कार्य भइरहेको छ । यो कार्य अन्तिम चरणमा पुगेको छ ।

(ग)  हाम्रो यस शाखा अन्तर्गतका सहकारी संस्थाहरुले गरेका उत्कृष्ट कार्यहरुको डकुमेण्ट्री बनाउने कार्य भइरहेको छ । यो अन्तिम – अन्तिम चरणमा पुगेको छ । यसबाट अरु सहकारी संस्था र सहकारीकर्मीहरुलाई मोटिभेसन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

(घ) यसभन्दा अघि कर्मचारी अभावले अगाडि बढाउन नसकेको कोपोमिस कार्यक्रमलाई यस शाखाले अब पूर्ण रुपमा अगाडि बढाउने तयारी गरिरहेको छ ।

२. ललितपुर महानगरपालिकाको स्थानीय सहकारी ऐन निमार्ण कार्य के हुँदैछ नि ?

~यस ललितपुर महानगरपालिकाको स्थानीय सहकारी ऐन निर्माण भई राजपत्रमा प्रकाशनका लागि पठाई सकिएको छ । यो राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ ।

 

Leave a Reply