मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो आगामी वार्षिक साधारणसभासम्ममा आफ्नै भवनबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने तयारी गरिरहेको छ

– सुदीपसागर ढकाल , प्रवन्धक , मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि. , गुहेश्वरी , कामाडौं
१. यतिबेला तपाईहरुको यो मन मनकामना साकोस के गर्दैछ ?
~ २०७५ पुस २८ गते सम्पन्न मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को छैटौँ वार्षिक साधारणसभाले पारित गरेका कार्यक्रमहरुको कार्यान्वयन भइरहेको छ । साथै आर्थिक वर्ष २०७६/०७७ को लागि यस संस्थाको कार्यक्रमको तयारीको कार्य भइरहेको छ ।
२. तपाईहरुको यस संस्थाले कुनै सामाजिक काम पनि गरेको छ कि ?
~ यहाँका स्थानीय क्लव तथा सामाजिक संघ/संस्थाहरुसँग समन्वय गरी यस संस्थाले रक्तदान , सरसफाई जस्ता रचानात्मक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।
३. तपाईहरुको यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा प्रवाह र कूल कारोवार कति छ नि ?
~ २०७६ जेठ मसान्तसम्म यस संस्थाको शेयर सदस्य ३०० जना , शेयर पूँजी रु. २ करोड ८० लाख , निक्षेप संकलन रु. १० करोड , कर्जा प्रवाह रु. ८ करोड ५० लाख र कूल कारोवार रु. २२ करोड रहेको छ ।
हाम्रो यस मनमनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो आगामी वार्षिक साधारणसभा सम्पन्न हुने बेलासम्ममा आफ्ना सदस्यहरुलाई आफ्नै भवनबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।
४. अघिल्लो महिना अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गर्नु भएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको बजेटमा सहकारीका विषयमा के उल्लेख भएको पाउनुभयो ?
~ यो बजेटमा सहकारी ऐन , २०७४ मा उल्लेख भएको सहकारी करको कार्यान्वयन , सहकारी कर्जा सूचना केन्द्रको स्थापना , सहकारी बचत तथा ऋण कर्जा सुरक्षण कोषको स्थापना र सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी लगानी गर्न प्रोत्साहन गर्ने कुरा स्वागतयोग्य छ । यसको ठिक ढंगबाट कार्यान्वयन हुनु आवश्यक छ ।
सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने छ भनिएपनि त्यो स्पष्ट नभएकोले त्यसलाई स्पष्ट पार्नु जरुरी देखिन्छ ।
५. सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ बारे तपाईको धारणा के छ ?
~ सहकारी ऐन , २०७४ त्यस अघिको सहकारी ऐनको तुलनामा सहकारीमैत्री छ तर यो सहकारीको विकास गर्नेभन्दा पनि सहकारी नियन्त्रणमुखी भएकोले यसलाई समय सापेक्ष ढंगबाट सहकारीको हित हुने गरी परिमार्जन गर्नु आवश्यक छ ।
सरसर्ती हेर्दा सहकारी नियमावली , २०७५ ले सहकारीको विकास गर्न खोजेको हो कि भन्ने जस्तो देखिन्छ तर यसका कतिपय प्रावधानहरुका कारण सहकारी संस्थाहरुलाई काम गर्न अलि असहज महसुस भएको छ । यो नियमावलीका सहकारीलाई अफ्ठ्यारो बनाउने प्रावधान शंसोधन हुनु आवश्यक छ ।
६. कोपोमिस कार्यक्रमबारे तपाई के भन्नुहुन्छ ?
~ कोपोमिस कार्यक्रम प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।
७. सहकारी मर्जरबारे तपाईको धारणा के छ नि ”
~ सहकारी मर्जर गर्ने कुरा स्वागतयोग्य छ तर यो सहकारी संस्था र सहकारीका सदस्यहरुको हित अनुकूल हुनु आवश्यक छ ।