नेकपाका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवसमा अनेवियूद्वारा बक्तृत्वकला सम्पन्न

0 Shares

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा अखिल नेपाल विद्यार्थी यूनियन , काठमाडौं जिल्ला समितिले आज रत्नराज्य मा.वि. मध्यबानेश्वरमा ” आत्मनिर्भर अर्थतन्त्रका लागि युवा उद्यमशीलता” विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना ग-यो । काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय सो बक्तृत्वकला प्रतियोगितामा काठमाडौं जिल्लाका विभिन्न सार्वजनिक तथा संस्थागत विद्यालयमा विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा जनकल्याण मा.वि. महाङ्कालका अर्जुन राई प्रथम , शारदा मा.वि तिलगंगाका रुद्रहरि गौतम द्वितीय , रत्नराज्य मा.वि. मध्यबानेश्वरकी दीपिका वर्मा तृतीय र सुनौलो भविष्य मा.वि. की सुमित्रा तामाङ सान्त्वना भएका थिए । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र उपाध्यक्ष लोकनारायण सुवेदीले पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले

उदारिकरणको नाममा राज्यले मुलुकमा २ खाले शिक्षण संस्था सञ्चालन गरी २ खाले जनशक्ति उत्पादन गरिरहेको साथै शैक्षिक विकृति बढिरहेको बताउनुभयो । त्यस अवसरमा सो पार्टीको उपाध्यक्ष लोकनारायण सुवेदीले क. पुष्पलालले

नेपाल कम्युनिष्ट पार्टी स्थापनामा अगुवाई गर्दै जनताको ईतिहास लेखन शुरु गर्नुका साथै जनसंस्कृतिको संरक्षण र विकासको निम्ति महत्वपूर्ण योगदान गर्नु भएको बताउनुभयो । सो पार्टीका नेता तथा अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीले 

क. पुष्पलाल जीवित छउञ्जेल मात्रै होइन उहाँ बितेको ४१ वर्ष बित्दा पनि उहाँका विचार त्यत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । उक्त अवसरमा सो पार्टीका नेता राजेश बान्तवाले

मुलुकमा उद्योगधन्दाको धेरै विकास भई त्यो राज्य  नियन्त्रणमा नआउदासम्म मुलुकमा वेरोजगारी समस्या रहिरहने बताउनुभयो । त्यसैगरी सोही पार्टीका केन्द्रीय समिति सदस्य तथा पूर्व विद्यार्थी नेता अर्जुन कार्कीले वर्तमान ओली सरकारले परम्परा धान्ने मात्रै काम गरिरहेको र क. पुष्पलालको फोटो देखाएर जनतालाई उल्लु बनाइरहेको बताउनुभयो ।

उहाँले क.पुष्पलाल र बी.पी. कोइरालाको राम्रा कुराहरु आत्मसात गर्नु पर्ने खाँचो औल्याउनुभयो । उक्त अवसरमा अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले

शिक्षा क्षेत्र भित्रको विकृतिको चर्चा गर्नु हुँदै बर्तमान सरकारले शिक्षा क्षेत्रमा बजेट घटाएको भन्दै त्यसको विरोध गर्नुभयो । अखिल नेपाल विद्यार्थी यूनियनका महासचिव हरिवोल खत्रीले स्वागत गर्नु भएको उक्त प्रतियोगिता सो संगठनका काठमाडौं जिल्ला समिति अध्यक्ष सन्देश भट्टराईको अध्यक्षतामा सम्पन्न भयो ।

त्यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल कम्युनिष्ट पार्टीका

नेताहरु राजेश बान्तवा , रचना शर्मा र प्रविण मिश्र हुनुहुन्थ्यो ।

उक्त बक्तृत्वकलाको केही झलक

 

 

 

Leave a Reply