सरकारले गरेको वार्ता हल्ला मात्रै , साउन १५ गते नेपाल बन्द : नेकपा नेता प्रकाण्ड

बर्तमान ओली सरकारका मन्त्रीहरुले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको प्रयास भइरहेको बताइरहेका छन् तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने सरकारले गरेको वार्ताको कुरा केवल हल्ला मात्रै भएको बताएको छ । सो पार्टीका नेता प्रकाण्डले हिजो जारी गर्नु भएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा उक्त दलका उपत्यका व्यूरो इञ्चार्ज एवं सांस्कृतिक मोर्चा ईञ्चार्ज माइला लामालाई यही साउन ४ गते मध्यराती काठमाडौंको काँडाघारीबाट सुतिरहेको बेला गिरफ्तार गरी मुद्धा लगाएको विरोध गर्दै उहाँको रिहाईको माग गरिएको छ । सो पार्टीले यही साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतले भने सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ता र छलफलबाट समस्या समाधान गर्न जोड दिइरहेका छन् ।