दाम्राभिट्टा साकोस , लायन्स क्लव गुराँस , विराटनगर र त्रिवेणी युवा क्लव , दाम्राभिट्टाको संयुक्त आयोजनामा हिजो नि;शुल्क स्वास्थ्य शिवीर सम्पन्न

0 Shares

मोरङ जिल्लाको रतुवामाई नगरपालिका -८ , दाम्राभिट्टामा रहेको दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि. लायन्स क्लव गुराँस , विराटनगर , मोरङ र त्रिवेणी युवा क्लव , दाम्राभिट्टा , मोरङको संयुक्त आयोजनामा हिजो श्री दुर्गा मा.वि. दाम्राभिट्टा , मोरङको बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मोरङ जिल्लाको विराटनगरस्थित सञ्जीवनी हस्पिटल एण्ड आई.भी.एफ, सेण्टर प्रा,लि. को प्राविधिक सहयोगमा सम्पन्न सो शिलीरमा नि:शुल्क महिला रोग विशेषज्ञ सेवा , फिजिसियन सेवा र वाल रोग विशेषज्ञ सेवा प्रदान गरिएको आयोजकको भनाई छ ।

उक्त शिवीरमा ३०० जना विरामीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै नि:शुल्क औषधि वितरण पनि गरिएको शिविर आयोजक संस्थाहरुले बताएका छन् ।

 

 

Leave a Reply