नेफ्स्कूनको आयोजनामा २ दिने वार्षिक समीक्षा तथा आ.व. २०७६/०७७ योजना तर्जुमा गोष्ठि हिजो सम्पन्न

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०७६/०७७ को योजना तर्जुमा गोष्ठी हिजो भक्तपुरको नगरकोटमा सम्पन्न भयो । नेफ्स्कूनका अध्यक्ष डी.वी. बस्नेतले यही साउन ११ गते सो दुई दिवसीय गोष्ठिको उद्घाटन गर्नु भएको थियो । उक्त गोष्ठिलाई हिजो सम्बोधन गर्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सिकाई र नेफ्स्कूनको  तालिमका विषयबस्तु आदान प्रदान गर्नुपर्न बताउदै दुबैको लक्ष्य रोजगारी सृजना , व्यापार घाटा कम र मुलुकको आर्थिक समृद्धि भएकोले समान लक्ष्य प्राप्तिका लागि दुबै सँग सँगै सहकार्य गर्दै अगाडि बढ्नु पर्नेम जोड दिनुभयो । कोपोमिसलाई प्रभावकारी बनाउन ३२ हजार ५ सय सहकारी दाखिला भएको र तीमध्ये सहकारी विभागले ७ सय सहकारी संस्थाहरुलाई कोपोमिसमा दक्ष बनाएको उहाँको भनाई थियो । सहकारी सञ्चालन र अनुगमनको अधिकार संविधानले नै विकेन्द्रीत गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा सहकारी हेर्ने आवश्यक कर्मचारी छिट्टै पठाउने बताउदै उहाँले सहकारीमा आवश्यकता अनुरुप समय सापेक्ष व्यवस्थापन परिवर्तन गर्दै हरेक कार्यालयको व्यवस्थापकीय संरचना राम्रो हुनुपर्छ’ भन्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले सहकारी अभियानलाई सार्थक बनाउन सहकारी विभाग र नेफ्स्कून सहयात्रामा रहेको बताउदै नेफ्स्कूनमा विद्युतीय सिकाईको अवधारणा अघि बढाउने प्रयास जारी रहेको र नेफ्स्कूनका कर्मचारीहरुको सीप र दक्षता अभिवृद्धधिका साथ सकारात्मक नेतृत्व विकासको प्रयास गरिने बताउनुभयो । सहकारी अभ्यास अब दीगो विकास लक्ष्य प्राप्तिका लागि हुनुपर्छ भन्दै सहकारी अभियानले संकल्प गर्छ  – व्यवस्थापनले डो-याउने र कार्यावन्यनको काम गर्छ ‘ उहाँको भनाई थियो ।

उक्त गोष्ठीमा नेफ्स्कूनका  प्रमुख कार्यकारी अधिकृत , नायव प्रमुख कार्यकारी अधिकृत , विभागीय प्रमुखहरु , बरिष्ठ अधिकृतहरु र संघका विभिन्न २४ वटा फिल्ड कार्यालयमा कार्यरत फिल्ड इन्चार्ज र कार्यक्रम अतिकृतहरु गरी ५५ जनाको सहभागिता थियो ।

Leave a Reply