कन्काई विकास बैंक लि. लाई प्राप्ति गर्दै प्राइम कमर्सियल बैंक लि.

0 Shares

काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्शियल बैंक लि.को विशेष साधारण-सभा हिजो सम्पन्न भएको छ । सो साधारणसभाले कन्काई विकास बैंक लि.लाई प्राप्ति गर्ने निर्णय गरेको छ ।  कन्काई विकास बैंक लि.लाई प्राप्ति गरे पछि प्राइम कमर्सियल बैंक लि. का शाखा संख्या ९४ पुग्ने छ । उक्त साधारण सभाले कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लि.को ७१.५ कित्ता स्वाप: रेसियो कायम गर्ने निर्णय गरेको  छ ।

विभिन्न बैंकर्स , उद्योगी , व्यापारी , शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नवीनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै अगाडि बढिरहेको सो
बैकले आगामी दिनहरुमा आफ्नो थप  सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै आपना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन प्रतिबद्ध रहेको उक्त बैंकद्वारा जारी विज्ञप्तीमा  जनाइएको छ ।

Leave a Reply