महालक्ष्मी विकास बैंक लि. को ठमेलमा नयाँ शाखा सञ्चालनमा

नेपाल राष्ट्र बैंकबाट “ख” श्रेणीको इजाजत प्राप्त महालक्ष्मी विकास बैंक लि.को काठमाडौंको ठमेलमा नयाँ शाखाको सञ्चालन शुरु भएको छ । यो शाखासँगै सो बैंकको शाखा संख्या ९८ पुगेको उक्त बैंक स्रोतले जनाएको छ । महालक्ष्मी विकास बैंक लि. को ठमेलमा शाखा सञ्चालनमा आएसँगै ठमेल , क्षेत्रपाटी लगायतका स्थानका सेवाग्राही लावान्वित हुने विश्वास लिएको बताइएको छ ।
सन् २०१८ मा कारोवारका आधारमा देशभरका विकास बैंकहरुको तुलनामा यो बैंक सर्वोत्कृष्ट भएको थियो ।