माछापुछ्रे बैंकको थप ९ शाखा रहित बैंकिङ्ग सेवा शुरु

नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त माछापुछ्रे बैंक लिमिटेडले थप ९ शाखारहित बैंकिङ सेवा शुुुरु गरेको जनाएको छ । थपिएका ९ शाखा रहित बैंकिङ्ग सेवा सहित सो बैंंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय २१ पुगेको बताइएको छ ।
त्यस बैंकको थपिएका शाखा रहित बैंकिङ्ग सेवाबाट पनि ग्राहकहरुले सो बैंकमा खाता खोल्न , रकम जम्मा गर्न तथा निकाल्न , रेमिटेन्सको भूक्तानी र कर्जा आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
सो बैंकले धनुषा जिल्लाको कमला नगरपालिका –६ , सिङ्गयाही मडान , शहीदनगर नगरपालिका–३, यदुकोहा र लक्ष्मीनिया नगरपालिका–७ , लक्ष्मीनिया , महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका -११ , खयरमारा , सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–६ , भोक्राहा , कर्जन्हा नगरपालिका–२ , बन्दीपुर , रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२, जुडिवेला , सोही नगरपालिका–३ , गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–५ , सेती दोभानमा शाखा रहित बैंकिङ सेवा सञ्चालन शुरु गरेको छ ।
उक्त बैैंकले १२१ वटा शाखा रहित बैंकिङ्ग सेवा र १३६ वटा शाखाहरुबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको् छ ।