ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा २०७६ असोज ४ गते ललितपुरमा Walkathon गरिने , ग-यो ललितपुर उद्योग बाणिज्य संघले दुबै मोहोडाबाट एकै मितिमा सगरमाथा आरोही पहिलो महिला पत्रकार कल्पना महर्जनलाई आर्थिक सहयोग

0 Shares

२०७६ असोज ४ गते तदनुसार सन् २०१९ सेप्टेम्बर २१ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा ललितपुरका ३ वटै नगरपालिका छुने गरी walkathon हुने भएको छ ।  ‘हाम्रो आफ्नो सम्पदा , हामी आफै बनाऔँ’ भन्ने महान अभिलाषाका साथ ललितपुरको मंगलबजारबाट शुरु हुने walkathon सानागाउँ , लुभू , हरिसिद्धि ,  धापाखेल , सुनाकोठी ,  ठेचो र बुङ्मती हुँदै खोकनासम्म पुग्ने हिजो मंगलबजारमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

कुमारी बैंक लि. को मुख्य प्रायोजनमा हुने सो १९ कि.मी. दुरीको walkathon  मा स्थानीय जनप्रतिनिधि , स्थानीय संघ/संस्थाहरु , जातीय तथा नागरिक समाज , बस्तुगत संघहरु तथा आम नागरिकहरुहरु सहित २,००० जना सहभागी रहने बताइएको छ । यो walkathon को आयोजनाबाट स्थानीय तवरबाट Visit Nepal 2020 सफल पार्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्दै सोको प्रवर्द्धन र र प्रचार प्रसारमा सहयोग पुग्ने ललितपुर उद्योग वाणिज्य संघको भनाई छ ।

उक्त पत्रकार भेटघाटमा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले

ललितपुरका पर्यटकीय स्थल एवम् धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नु र रु. ४ करोड ९३ लाखको लागतमा १८ महिनामा सम्पन्न हुने गरी पुनर्निर्माण शुरु भएको भीमसेन मन्दिर पुनर्निर्माणको लागि आर्थिक सहयोग जुटाउनु यो walkathon गर्नुको उद्देश्य रहेको बताउनुभयो । मंगलबजारको भीमसेन मन्दिर पुनर्निमाणको लागि आर्थिक स्रोत कसरी जुटाउदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै अध्यक्ष महर्जनले भीमसेन मन्दिर पुनर्निर्मामको लागि ललितपुर उद्योग बाणिज्य संघले रु. १० लाख सिड मनी छुटयाएको छ , एभरेष्ट बैंक लि. का अध्यक्ष तथा पाटन मंगलबजार निवासी बी.के. श्रेष्ठले रु. १ करोड प्रदान गर्नु भएको छ, ललितपुर महानगरपालिकाले रु.१ करोड  र ३ नं. प्रदेश सरकारबाट रु. ५० लाख बजेट छुट्याएको छ , पाटन मंगलबजारका ईटा व्यवसायी तीर्थ महर्जनले भीमसेन मन्दिर पुनर्निर्माणका लागि आवश्यक ईटाको व्यवस्था गर्ने बचन दिनु भएको छ भने पूर्व ललितपुर उद्योग बाणिज्य संघ तदर्थ समितिका संयोजक कल्याणकृष्ण ताम्राकारले छानाको पाता हाल्दिन्छु भन्नु भएको छ भने स्थानीय सहभागीहरुबाट मालपोतमा जग्गा रजिष्ट्रेसन गर्दा रु.५०० उठाइएको बताउनुभयो । यो waljathon को सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने सोचाई रहेको त्यस पत्रकार भेटघाटमा ललितपुर उद्योग बाणिज्य संघका महासचिव मनोजबहादुर न्याछ्योले बताउनुभयो । 

पत्रकार भेटघाटमा सो संघका पर्यटन तथा संस्कृति प्रवर्द्धन उप-समिति संयोजक लजना श्रेष्ठले प्रेस विज्ञप्ति बाचन गर्नु भएको थियो ।

उक्त पत्रकार भेटघाटमा कुमारी बैंक लि. का डेपुटी सी.ई.ओ. राजु गिरीले सो walkathon मा कुमारी बैंक लि. लाई मुख्य प्रायोजक बन्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सन् २००१ मा १५ औँ बाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लि. ले ललितपुरमा ५ वटा शाखा सहित १०९ वटा शाखा मार्फत देशभर वित्तीय सेवा गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा कुमारी बैंक लि. का डेपुटी सी.ई.ओ. गिरीले सो walkathon को लागि कुमारी बैंक लि. ले प्रदान गरेको टीसर्ट ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष महर्जनले उत्तरी तथा दक्षिणी दुबै मोहडाबाट एकै मितिमा सगरमाथाको सफल आरोहण गरी एकै मितिमा दुबै मोहडाबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकारको विश्व कीर्तिमान बनाउन सफल पत्रकार तथा मेगा टेलिभिजनमा एक्स्पो नेपाल कार्यक्रम प्रडूसर तथा प्रस्तोता एवम् ललितपुर जिल्लाको गोलाबारी नगरपालिका -१२ , ठेचो निवासी कल्पना महर्जनलाई आर्थिक सहयोग स्वरुप चेक प्रदान गर्नुभयो । त्यस अवसरमा सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले आफूले सगरमाथा आरोहणको क्रममा खिचेका तस्वीर ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई हस्तान्तरण गर्नुभयो । पत्रकार कल्पना महर्जनले २०७५ जेठ ९ गते तदनुसार सन् २०१८ मे २३ मा ‘समताका लागि बुलन्द आवाज’ भन्ने नाराका साथ अरु ४ जना पत्रकारसँगै दक्षिणी मोहोडाबाट सगरमाथाको सफल  आरोहण गरेको र २०७६ जेठ ९ गते तदनुसार सन् २०१९ मे २३ मा ‘शिक्षामार्फत वाल विवाह रोकथाम’ भन्ने नाराका साथ उत्तरी मोहोडाबाट सगरमाथाको आरोहण गरेको सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीलाई बताउनुभयो ।

Leave a Reply