विराट साकोस , तीनकुने , काठमाडौंको २१औँ वार्षिक साधारणसभा सम्पन्न , चालु आर्थिक वर्षमा शेयर पूँजी रु. ५ करोड पु-याउने लक्ष्य

0 Shares

काठमाडौंको महानगरपालिका – ३२ , तीनकुनेमा रहेको विराट बचत तथा ऋण सहकारी संस्था लि.को २१औँ वार्षिक साधारणसभा ३ नं. प्रदेश सभासद योगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता र  सोही संस्थाका अध्यक्ष ई. मोहनप्रसाद संग्रौलाको अध्यक्षतामा २०७६ भदौ २७ गते रोयल बैंङ्क्वेट तीनकुनेमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संग्रोलाले  यो विराट साकोस व्यवस्थित ढंगबाट राम्रोसँग चलेको यस संस्थाको सूचांकबाट देखिएकोले शेयर सदस्यहरुलाई ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो । आफू सहकारीको विकास र प्रवर्द्धनमा लागिरहेको उहाँको भनाई थियो । उक्त साधारणसभामा सो संस्थाका अध्यक्ष ई. मोहनप्रसाद संग्रौलाले सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै विराट बचत तथा ऋण सहकारी संस्था लि.  संविधान तथा सहकारी ऐन / नियम अनुसार सदस्यहरुप्रति उत्तरदायी भएर सञ्चालन भइरहेको बताउदै यस संस्थाले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेको छ भन्नुभयो । उहाँले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थाको शेयर पूँजी रु.५,००,००,००० , निक्षेप रु.४०,२०,००,००० र कर्जा लगानी रु.३२,५०,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो । उक्त संस्थाका सञ्चालक सदस्य प्रा.प्रल्हादराज पन्तले स्वागत मन्तव्य र लेखा सुपरीवेक्षण समिति सदस्य भोला सिग्देलले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक गोविन्द ढकालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै विराट बचत तथा ऋण सहकारी संस्था लि. मा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. ४,३३,१३,१००० ,  आर्थिक वर्ष २०७४/०७५ को निक्षेप संकलनमा थपिएको निक्षेप रु.३२/९०,२१५ र खुद नाफा रु.१२,१५,७६३ रहेको बताउनुभयो ।

Leave a Reply