पद्मावती साकोस , न: बहालको २६औं वार्षिक साधारणसभा सम्पन्न , शेयर सदस्य ३,४६९ जना
ललितपुरको न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. को २६औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष नेमवीर शाक्यको अध्यक्षतामा यही मदौ २८ गते शनिवार अशोक पार्टी प्यालेस , बालिफल , ललितपुरमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतीले स्थानीय समूदायमा आधारित पद्मावती साकोस आफ्ना सदस्यहरुप्रति उत्तरदायी भई सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै व्यवस्थित ढंगबाट सञ्चालन भइरहेको देख्ता खुशी लागेको बताउदै राम्रो ढंगबाट सञ्चालन हुने सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि. को साथ र सहयोग रहने बताउनुभयो । २०७६ साउन १९ गतेबाट सञ्चालनमा आएको सहकारी सन्दर्भ व्याजदर सहकारीको सिद्धान्त विपरीत रहेकोले यसको परिमार्जन हुनुपर्छ भन्नुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष नेमवीर शाक्यले पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु सहित संस्थाको वित्तीय प्रगति व विवरण प्रस्तुत गर्नुभयो । उहाँले यस संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै ललितपुरको सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो । संस्था विकास गर्न अत्यावश्यक क्षेत्रहरु लक्षित गरी समय सापेक्ष नीति , विधि र प्रविधि अपनाई संस्थागत विकास गर्न महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको बताउदै उहाँले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर सदस्य २,४६९ जना , कूल सम्पति रु.४४,४३,७८,२१३/४६ , शेयर पूँजी रु.५,०३,०३,१०० , बचत संकलन रु.२८,४५,५५८२६/९१, ऋण प्रवाह रु.३४,६०,५७,६२६ , कूल आम्दानी रु.५,७४,९०,६२०/२२ र कूल खर्च रु.४,११,५५,३०९/७२ , खुद नाफा रु.१,६३,३५,३४४/२५ र लाभांश वितरण १८ प्रतिशत रहेको बताउनुभयो । सोही संस्थाकी सञ्चालक सदस्य रमिता महर्जनले सञ्चालन गर्नु भएको सो साधारणसभामा त्यस संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ण जी.पी.ए. ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा पद्मावती विहारका प्रमुख , ललितपुर बौद्ध विहार संघका पदाधिकारीहरु , अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष तथा परम्परागत बचत तथा ऋण सहकारी संस्था लि बालिफालका अध्यक्ष अनुपवीर बज्राचार्य तथा सो कोष अन्तर्गत साकोसका अध्यक्षहरु , समाजसेवी र बुद्धिजीवीहरु अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
