सुयोग बहुउद्देश्यीय सहकारी संस्था लि., मानभवन , ललितपुरको २१औँ वार्षिका साधारणसभा सम्पन्न , संस्थाले सञ्चालन गरेको कृषि फार्म राम्रो अवस्थामा

0 Shares

ललितपुरको मानभवनमा प्रधान कार्यालय , चापागाउँमा सदस्य सेवाकेन्द्र र सुनाकोठीमा कृषि फार्म सञ्चालन गरिरहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्था लि. को २१औँ वार्षिक साधारणसभा २०७६ भाद्र २८ गते शनिवार सुनाकोठी बालकुमारी चौरमा सम्पन्न भयो । त्यस अवसरमा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका अध्यक्ष सुनिल महर्जनले सुयोग बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो बहुउद्देश्यीय नीति अनुरुप सहकारी ऐन/ नियमावलीले निर्देश गरे बमोजिम सदस्यहरुलाई राम्रोसँग वित्तीय सेवा प्रदान गरिहेको बताउनुभयो ।यस संस्थाले सुनाकोठीमा सञ्चालन गरिरहेको कृषि फार्म राम्रो अवस्थामा रहेको उहाँको भनाई थियो ।  उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक क्रियाकलापहरु गर्दै अगाडि बढिरहेको यो संस्था नीति , विधि र प्रविधिलाई अधिकतम उपयोग गरी व्यवस्थित ढंगबाट सञ्चालन भइरहेको बताउदै यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,५६,३४,५०० , निक्षेप संकलन रु. २३,२२,४५,२६३/३३ र ऋण लगानी रु.२६,३१,०४,८३९/८६ रहेको छ भन्नुभयो ।  जिल्ला सहकारी सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलाल लगायतले उक्त साधारणसभाको सफलताको शुभकामना पठाउनु भएको बताइएको छ ।

Leave a Reply