पुजा सहकारीको ११ औं साधारण सभा , सदस्यहरुको कारोबार प्रति आकर्षक बढ्दै
भक्तपुरको नासमनामा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा पुर्व उद्योगमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भू–प्रकाश जोशी अध्यक्षतामा आज सम्पन्न भएको छ ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले यस पुजा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै संस्थाले ११ औं साधारण सभा सम्पन्न गरेको सफलताको शुभ कामना व्यक्त गरेका थिए । साथै उनले राज्यले सहकारीलाई ३ खम्बा मध्ये १ खम्बे अर्थनीतिमा सहकारीलाई परिभाषित गरिरहेको अवस्थामा शहर र ग्रामिण भेगमा अहिले पनि सहकारीले सदस्यहरुको आयस्तरमा उल्लेखनीय मात्रामा जिवन स्तर परिवर्तन गरिरहेको जानकारी गराएका थिए ।
त्यसैगरी संस्थाका अध्यक्ष जोशीले सहकारी नियमावलीमा एक व्यक्ति एक सदस्यको व्यवस्था भएकाले धेरै संस्थामा आबद्ध सदस्यहलाई अरु संस्थाको कारोबार बन्द गरी पुजा साकोसमा पूर्ण विश्वासका साथ कारोबार गर्न आग्रह गरेका थिए ।
त्यसैगरी अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकका ठिमी शाखा प्रबन्धक दिनेश गेलाल, शुभ– कामना साकोसका प्रबन्धक राधेश्याम दुवाल, सहकारी सञ्जालका प्रकाशक÷ सम्पादक कृष्ण प्रसाद ढुंगेल, .नेपाल बार एसोसियनका उपाध्यक्ष राजु खड्का लगायत विभिन्न संघ ÷ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक विजय जोशीले गरेका थिए । त्यसैगरी कार्यक्रम संचालन संस्थाकी लेखा सुपरिवेक्षण समिति सदस्य नानु हाडा (प्रधानाङ्ग) ले गरेकी थिईन ।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर जेष्ठ नागरिक, असल ऋणी, असल दैनिक बचतकर्ता, पुरुष अधिक बचत कर्ता, महिला अधिक बचतकर्ता, असल बालबचत कर्ताहरु लगायतलाई सम्मान पनि गरेको थियो ।
अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।
