मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा सम्पन्न , शेयर सदस्य ९,६३५ , कूल कारोवार रु.१,३२,३०,९६,१०९/७६ , QR Payment system र Missed call apps जस्ता प्रविधिको शुभारम्भ

0 Shares

काठमाडौं महानगरपालका -१६ , माछापोगरीमा प्रधान कार्यालय तथा कालीमाटी , न्युरोड , चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालन भइरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता र सो संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको अध्यक्षतामा पानस बैङ्क्वेट तथा इभेण्ट भेन्यु , बसुन्धरा , काठमाडौंमा हिजो सम्पन्न भयो । 

उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतील मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पु-याइरहेकोमा खुशी व्यक्त गर्दै नेपाल जस्तो न्युन आर्थिक बृद्धि , बेरोजगारी , आर्थिक विकासमा क्षेत्रीय असमानता , व्याप्त गरिवी र विप्रेषणमुखी अर्थतन्त्रलाई सुधार गर्न बहुउद्देश्यीय सहकारी संस्थाहरुले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै उत्पादनमूलक कार्यमा लाग्नु पर्ने बताउदै सहकारीलाई उत्पादनमूलक कार्य गर्न सरकारले उपयुक्त वातावरण बनाउनु पर्ने खाँचो औल्याउनु भयो । सो अवसरमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सचिव माधव तिमिल्सिनाले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुप्रति उत्तरदायी भएर आर्थिक रुपमा फड्को मारिरहेको भन्दै त्यसको प्रशंसा गर्नुभयो । उहाँले सहकारी ऐन , ३०७४ मा बहुउद्देश्यीय सहकारी संघ/संस्थाले २०७७ असोजसम्ममा मुख्य उद्देश्यमा ७० प्रतिशत र बचत तथा ऋण कारोवारमा ३० प्रतिशत लगानी गर्नु पर्ने उल्लेख भएपनि त्यो सान्दर्भिक नभएकोले त्यसको संशोधनको प्रक्रिया अगाडि बढेको बताउनुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि. काठमाडौंका उपाध्यक्ष ज्ञानबहादुर तामाङ र महासचिव खेम सुवेदी तथा बहुउद्देश्यीय सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष मनोज थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाले गरिरहेको आर्थिक प्रगतिको प्रशंसा  गर्नुभयो । सो साधारणसभाका अध्यक्ष न्यौपानेले उक्त साधारणसभामा सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी संस्थाले पनि समयानुकूल विधि , प्रविधि र नीतिलाई अवलम्बन गर्दै गुणात्मक बृद्धि र विकासका लागि नयाँ -नयाँ प्रविधिको प्रयोगको खोजी गर्नु जरुरी रहेको भन्दै समय सापेक्ष सदस्य तथा समुदायको हितलाई ध्यान दिदै जोखिम रहित आर्थिक कारोवार , सुशासन , पारदर्शिता , जवाफदेहिता र उत्तरदायित्व सहितको स्वेच्छिक स्वयमसेवी सञ्चालक र उच्च प्रविधियुक्त व्यवस्थापनका साथै दिगो र भरपर्दो वित्तीय संस्थाको पहिचान बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. लाई राज्यको दिगो विकास लक्ष्य हासिल गर्ने कुरामा र सम्बृद्ध समाज निर्माणमा गुणस्तरीय जीवनको परिकल्पना सहित वित्तीय तथा गैर वित्तीय क्षेत्रमा योगदान पु-याउनका साथै सोही योगदान मार्फत समुन्नत र गुणस्तरीय संस्थाको  रुपया स्थापित गर्न यस संस्थाको नेतृत्व निरन्तर  प्रतिबद्ध छ भन्नुभयो ।

उक्त साधारणसभामा सोही संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक महाशंकर रेग्मीले सो संस्थाको बजेट नीति तथा कार्यक्रम पेश गर्दै यस संस्थाको प्रधान कार्यालय तथा ४ वटा सेवाकेन्द्रहरुमा व्यवस्थापक , विभागीय प्रमुख , अधिकृत तथा सहायक अधिकृत स्तरका गरी १८ जना र वरिष्ठ सहायक , सहायक , कनिष्ठ सहायक (प्रशिक्षार्थी) र श्रेणी विहीन ६३ जना कर्मचारी कार्यरत रहेको बताउदै यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.११,३६,०५,५०० , बचत संकलन रु.८८,१०,६४,७३६/६२ , कर्जा लगानी रु.१,१४,०४,४८,९४५/ १२ , गत आ.व. मा ह्रास कट्टी , कर्जा जोखिम तथा कर्मचारी बोनस व्यवस्था अघिको नाफा रु.३,७२,७४,९६७/३९ रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.१५,४५,००,००० , बचत संकलन रु.१,२०,००,००,००० , कर्जा लगानी रु.१,२६,००,००,००० , कूल आम्दानी रु.२६,०५,००,००० , कूल खर्च रु.२०,९३,००,००० र चालु आ.व. मा कोष कट्टी अघिको मुनाफा रु.५,१२,,००,००० पु-याउने लक्ष्य रहेको छ भन्नुभयो । सोही साधारणसभामा त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक राजकुमार श्रेष्ठले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा पुरुष ६,५५४ र महिला ३,०८१ जना गरी शेयर सदस्य ९,६३५ र  कूल कारोवार रु.१,३३,३०,६६,१०९/७६ रहेको बताउनुभयो ।

सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै सो संस्थाका उपाध्यक्ष बाशुदेव भट्टले यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्य गर्नुका साथै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको बताउनुभयो । 

त्यस अवसरमा समाजसेवी , उक्त संस्थाका सदस्य रहेका जेष्ठ नागरिकहरु , उत्कृष्ट बचतकर्ता तथा असल ऋणी सदस्यहरु एवं उत्कृष्ट कर्मचारी लगायतलाई विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

त्यस अवसरमा नगद रहित कारोवार गर्ने उद्देश्यले QR payment system  र missed call apps जस्ता प्रबिधि को सुरुवात गरिएको छ ।

Leave a Reply