आज बडादशैंको महाअष्टमी – दूर्गा पूर्जा गरिदै

नेपालीहरुका -२०७६सालका महान पर्वहरु बडादशैं , शुभ-दीपावली , छट तथा नेपाल सम्बत ११४० को पावन अवसरमा हाम्रा सदस्य तथा कर्मचारीहरु , शुभचिन्तक एवं स्वदेश तथा परदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरु तथा दाजु भाइहरुमा सुख , शान्ति , सु-स्वास्थ्य , दीर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
चित्रबहादुस कुँवर
अध्यक्ष
पूर्वी अरनिको यातायात प्रा. लि. परिवार
लोहकन्थली , भक्तपुर
………………………………………………………………..
नेपालीहरुको महान पर्व बडादशैंको आज महाअष्टमी । आज घर घरमा नौंदूर्गा भवानीहरुमध्ये महाकालीको पूजाआजा गरिदैछ ।
हिजो गोरखा दरवारबाट ल्याइएको फुलपाती तथा जमरा काठमाडौंको दशैं घरमा सांस्कृतिक परम्परा अनुसार भित्र्याइएको थियो । जुन फुलपाती र जमराले आज काठमाडौंको दशै घरमा दुर्गा पूजा गरिएको छ ।
दुर्गा मन्दिर तथा देवालयहरुम दर्शनार्थीहरूको भीड लागिरहेको छ ।
बडादशैं मान्न परदेश तथा स्वदेश कै राजधानी तथा शहरी क्षेत्रमा रहेका नेपालीहरुको आज पनि आ-आफ्नो घर जाने क्रम चलिरहेको छ । सरकारी संयन्त्रले लोकमार्गहरुमा राम्रोसँग अनुगमन नगर्दा यातायाताका साधनहरुको मनोमानी र ट्राफिक जामका कारणले यात्रुहरुले दु:ख झेल्न बाध्य भएको देखिएको छ ।
चिकित्सकहरुले बडादशैंको बेला खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
यतिबेला आफन्त र साथीसंङ्गी बीच बडादशैंको शुभकामना आदानप्रदान गर्ने क्रम चलिरहेको छ ।
……………………………………………………………………………………………………………………………………नेपालीहरुको २०७६ सालको महान पर्वहरु : बडादशैं , शुभ-दीपावली , छट तथा नेपाल सम्वत ११४० को पावन अवसरमा हाम्रा सदस्य तथा कर्मचारीहरु , शुभचिन्तक तथा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुको सुख , शान्तिसु-स्वास्थ्य , दीर्घायु एवम् उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
डी.बी. बस्नेत अध्यक्ष
तथा
नेफ्स्कून परिवार
………………………………………………………………