सन्तान उत्पत्तिको कार्यमा पनि बाबाको संक्षिप्त भूमिका मात्रै हुन्छ : नेकपा(क्रान्तिकारी माओवादी) का नेता परि थापा

0 Shares

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता परि थापाले आमाको एकल अस्तित्व र पहिचान बाबाको भन्दा निकै धेरै पहिलेदेखि भएको विचार व्यक्त गर्नु भएको छ । पितृ दिवसको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा पोष्ट गर्दै उहाँले सो विचार व्यक्त गर्नु भएको हो । २०५१ र २०५६ सालमा राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ्ग क्षेत्र नं. ३ बाट र २०६४ सालमा नेकपा(एकीकृत)को तर्फबाट पहिलो संविधानसभाको सदस्य बन्नुभएका थापाको सोो विचार यस प्रकार छ ।
आमा र बाबाको संयुक्त पदावलीको अबधारणा भाषा विकाससँगै आएको अभिव्यक्ति मात्र हो। तथापि आमाको एकल अस्तित्व र पहिचान बाबाको भन्दा निकै धेरै पहिलेदेखि भएको हो। सन्तान उत्पत्तिको कार्यमा पनि बाबाको संक्षिप्त भूमिका मात्रै हुन्छ भने आमाको भूमिका र योगदान व्यापक र महत्वपूर्ण हुन्छ।
मानिस घुमन्ते जंगली अवस्थाबाट कृषि युगमा पदार्पण गरेपछि अस्तित्वमा आएको पति-पत्नी (लोग्ने-स्वास्नी) हुने/बन्ने र व्यक्तिगत सम्पत्ति सञ्चय र संरक्षण गर्ने परिघटना सँगै वालवच्चा/छोराछोरी हुर्काउन समुदायको सट्टा प्रतिवद्ध जोडीको आवश्यकता तड्कारो बन्न पुगेको हो।
जीव विकासको दृष्टिकोणबाट हेर्दा आमा र बाबा भन्ने अवधारणाको कुनै महत्व छैन। त्यो केवल जीव-क्रम विकासको प्रकृयामा विपरित पक्षहरुको द्वन्दात्मक अन्तर्सम्बन्ध र एकताको परिणाम मात्र हो। कालान्तरमा मानव समाज पूर्णरुपेण स्वतन्त्र मानवहरुको स्वतन्त्र समाज हुदै जाने क्रममा यस प्रकारको अवधारणाको विलोपिकरण हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न।

Leave a Reply