रौतहट बचत संघमा देवकी नेपाल

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघको २३ औं बार्षिक साधारण सभा यहि कात्तिक २ गते हिजो शनिवारका दिन नेफ्स्कुनकी संचालक शान्ता अधिकारीको प्रमुख आतिथ्यतामा रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
उक्त सधारण सभाले सफल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गरेरहेकी देवकी नेपालको अध्यक्षतामा १३ सदस्य संचालक समिति समेत चयन गरेको छ । यो २ नं प्रदेशकै बचत संघहरु मध्येको अध्यक्षको नेतृत्व गर्ने पहिलो महिलाको रेकर्ड समेत उनले राखेकी छिन् ।
उक्त संचालक समितिको उपाध्यक्षमा रामविश्वास पासवान, महासचिव देव बहादुर सापकोटा, सचिव बालकुमार लामा, कोषाध्यक्ष नरेन्द्र राना, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपक घिमिरे र सदस्यमा ईश्वरीप्रसाद पौडेल चयन भएका छन् ।
त्यसैगरी संचालक सदस्यहरुमा दिपक रेग्मी मेनुका पोख्रेल, सिताराम पोख्रेल, कल्पना दाहाल, दुर्गा दाहाल, रामासंकर राय यादव, रामासंकर प्रसाद पटेल, जितेन्द्र चौधरी निर्वाचित भएका छन् ।