लोहकिल्थली माता साकोस , लोहकिल्थली , भक्तपुरको अध्यक्षमा हरिकृष्ण द्वारे चयन

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -१,लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.को १२ औँ वार्षिक साधारणसभाबाट हरिकृष्ण द्वारे सो संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन हुनु भएको छ । उक्त सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश: ज्ञानकृष्ण द्वारे , जयराम हेका र श्यामकृष्ण मुस्यान तथा सदस्यहरु क्रमश: कृष्णगोपाल प्याठ , पुष्प हेका , तेजमान डंगोल , शर्मिला विष्ट वानिया र सुनकृष्ण कवे तथा लेखा सुपरीवेक्षण समिति संयोजक सानुकाजी द्वारे र सदस्यहरु सुमन हेका र श्रीराम द्वारे हुनुहुन्छ ।
२०७६ असोज १७ गते निर्मल बैंक्वेट , मध्यपुर थिमि -१ , लोहकिल्थली , भक्तपुरमा जिल्ला सहकारी संघ लि. , भक्तपुरका उपाध्यक्ष केदार खड्काको प्रमुख आतिथ्यता र सोही संस्थाका का. अध्यक्ष ज्ञानकृष्ण द्वारेको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि खड्काले त्यस साधारणसभाको उद्घाटन गर्दै स्थानीय समुदायमा आधारित लोहकिल्थली माता साकोस सहकारीको सिद्धान्त र मर्म अनुरुप सदस्यहरुप्रति उत्तरदायी भई सञ्चालन भइरहेको बताउदै यस संस्थाले स्थापना भएको छोटो समयमा रामारो प्रगति गरिरहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभएको थियो ।
त्यस संस्थाका सञ्चालक समिति सदस्य जयराम हेकाले सञ्चालन र लेखा सुपरीवेक्षण समिति सदस्य शर्मिला विष्ट वानियाले स्वागत गर्नु भएको सो साधारणसभामा सोही सभाका अध्यक्ष ज्ञानकृष्ण द्वारेले उक्त संस्थाको वार्षिक प्रतिवेदन , सचिव हरिकृष्ण द्वारेले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष श्यामकृष्ण मुस्यानले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सानुकाजी द्वारेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
ती प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर सदस्य १,५७३ जना , शेयर पूँजी रु.१,३४,५२,९०० , निक्षेप रु.१२,१५,९९,६१२/२५ र ऋण लगानी रु.१०,०६,७४,५८४ रहेको उल्लेख गरिएको छ । सो साधारणसभाको सोही संस्थाका व्यवस्थापक करन द्वारेले संयोजन गर्नु भएको थियो ।

Leave a Reply