नेपाल सम्वत ११४० को स्वागतमा आज विहान चियापान कार्यक्रम गर्दै यशोधर साकोस , बुवाहाल

0 Shares

ललितपुरको बुवाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि. ले आज विहान ८ बजेदेखि १० बजेसम्म यशोधर महाविहार , बुवाहाल , ललितपुर परिसरमा नेपाल सम्वत ११४० को स्वागतमा चियापान कार्यक्रम आयोजना गरेको सो संस्थाले जनाएको छ । यस अघि उक्त संस्था सह-आयोजक भएर ललितपुरमा बडादशैं २०७६ को पावन अवसरमा दशैं मेला सम्पन्न भएको थियो ।
सांसद कृष्णलाल महर्जनको प्रमुख आतिथ्यतामा २०७६ असोज १० गते यशोधर महाविहार , बुवाहाल , ललितपुर परिसरमा सो संस्थाको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।


सोही संस्थाका अध्यक्ष बाबुराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यशोधर साकोसले सहकारीको सिद्धान्त , मूल्य र मान्यता अनुरुप सदस्यहरुप्रति उत्तरदायी भई राम्रोसँग वित्तीय कारोवार गरिरहेको पाउदा आफूलाई खुशी लागेको बताउनुभएको थियो ।
त्यस सभाका अध्यक्ष बजाचार्यले स्थानीय समुदायमा आधारित यशोधर बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरु गरेको बताउदै यो संस्था सहकारी ऐन / नियमलाई पालना गर्दै सञ्चालन भइरहेको र यसले राम्रोसँग वित्तीय कारोवार गरी प्रगतिको बाटोमा अगाडि बढिरहेको छ भन्नुभएको थियो । उक्त सभामा सोही संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले सो संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक नविनराज बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा महिला २२७ र पुरुष १९४ गरी ४२१ जना शेयर सदस्य , रु.४५,८०,२०० शेयर पूँजी , रु.६,११,३४,५७७/८३ निक्षेप संकलन , रु.५,७३,४२,००८ ऋण प्रवाह र रु.६,७३,७२१/०८ खुद बचत रहेको उल्लेख छ ।
त्यस संस्थाकी लेखापाल अञ्जु बज्राचार्यको सञ्चालनमा भएको सो साधारणसभामा उक्त संस्थाका उत्कृष्ट शेयरधनी झनकराज बज्राचार्य , उत्कृष्ट बचतकर्ता लक्ष्मीदेवी बज्राचार्य र रमेश बज्राचार्य , असल ऋणी विमला बज्राचार्य र सानुभाई बज्राचार्य र संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. मा राम्रो जी.पी.ए. प्राप्त गरी उत्तीर्ण हुने अशेषवीर बज्राचार्य , रेविना बज्राचार्य , प्रनिश बज्राचार्य , नसना शाक्य , रितिशा बज्राचार्य , त्रिसन्न बज्राचार्य र स्मारिका शाक्यलाई सम्मान गरिएको थियो मने तिनीहरुमध्ये उत्कृष्ट जी.पी.ए. प्राप्त गरी सो परीक्षा उत्तीर्ण गर्ने अशेषवीर बज्राचार्य र रेविना बज्राचार्यलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।

आजै दिउशो ३ बजे दीपावती साकोस , दीपावतीनगर , ललितपुरमा नेपाल सरकारका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा अन्तर सहकारी सुरक्षण कोष , ललितपुरको आयोजनामा नेपाल सम्वत ११४० को स्वागतमा चियापान कार्यक्रम आयोजना गर्न लागेको सो कोषका अध्यक्ष तथा परम्परागत बचत तथा ऋण सहकारी संस्था लि. , वालिफल , ललितपुरका अध्यक्ष अनुपवीर बज्राचार्य तथा सो कोषका नि:बर्तमान अध्यक्ष एवं पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. , न:बहाल , ललितपुरका अध्यक्ष नेमवीर शाक्यले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply