वार्षिक साधारणसभाको तयारी गर्दै जिल्ला सहकारी संघ लि. , ललितपुर तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

0 Shares

जिल्ला सहकारी संघ लि. , ललितपुरको २८औँ वार्षिक साधारणसभा २०७६ कार्तिक २६ गते मंगलबार सो संघको महालक्ष्मीस्थान स्थित आफ्नै भवन हुने भएको छ । उक्त साधारणसभाको तयारीको कार्य भइरहेको सो संघका अध्यक्ष माधव दुलालले सहकारी सञ्जाललाई बताउनुभयो । आफ्ना सदस्य रहेका सहकारी संस्थाहरुलाई १ जनाका दरले प्रतिनिधि पठाउने गरी उक्त संघले पत्रचार गरेको उहाँको भनाई छ ।
त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २५औँ वार्षिक साधारणसभा तथा रजत वर्षको समापन समारोह तथा स्मारिका विमोचन कार्यक्रम २०७६ कार्तिक २१ गते दिउसो १ बजे अशोक हल , वालिफल , ललितपुरमा हुने भएको छ । त्यसको तयारीका कार्य भइरहेको उक्त संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी सञ्जाललाई जानकारी दिनुभयो ।
यस्तै ललितपुरको त:ननी टोलमा रहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि. ले लिटिल फ्लावर स्कूल , शंखमुल , ललितपुरमा र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका -७ , हरहर महादेवमा रहेको हरहर महादेब बचत ऋण सहकारी संस्था लि. ले हरहर महादेवमा २०७६ कार्तिक २३ आ-आफ्नो वार्षिक साधारणसभा गर्ने भएका छन् ।

Leave a Reply