त:ननी साकोसको ९औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न , पुन: अष्टलाल महर्जनको अध्यक्षतामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन

0 Shares

ललितपुर महानगरपालिका -११ , त:ननी टोल , न्याढलमा सञ्चालन भइरहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि. को ९औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन पुन: अष्टलाल महर्जनको अध्यक्षतामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै हिजो लिटिल फ्लावर्स पब्लिक स्कुल , शंखमुल , दथल , ललितपुरमा सम्पन्न भयो । सञ्चालक समितिको उपाध्यक्ष , सचिव , कोषाध्यक्ष , सह-सचिव र सह-कोषाध्यक्ष क्रमश: विकेश महर्जन , रत्नमान महर्जन , नीरज महर्जन , विकी महर्जन र राजु महर्जन तथा सदस्यहरुमा राम महर्जन , विक्रम महर्जन , सानु छोरी महर्जन , राजेश महर्जन र विनिता महर्जन रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा  चिरीवावु महर्जन तथा सदस्यहरुमा शारदा महर्जन र सुशील महर्जन चयन हुनु भएको छ ।

उक्त साधारणसभाको भूतपूर्व कृषि तथा पशुपञ्छी विकास मन्त्री तथा संघीय संसदको प्रतिनिधिसभा सदस्य हरिवोल गजुरेलले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले  स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त:ननी साकोसले गरिरहेको प्रगति तथा यसले सामाजिक , आर्थिक , शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदान देख्दा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले वित्तीय कारोवारसँगै सहकारीहरु उत्पादनमूलक कार्यमा लाग्नु पर्ने खाँचो औल्याउनुभयो । त्यस अवसरमा ३ नं. प्रदेश सभासद ज्ञानेन्द्र शाक्य , सोही संस्थाका कानूनी सल्लाहकार तथा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. , कुम्भेश्वर , ललितपुरका अध्यक्ष एवं यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन

, त:ननी टोलका अध्यक्ष तथा उक्त संस्थाका विशेष सल्लाहकार सुरेशमान महर्जन

लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त संस्थाका अध्यक्ष अष्टलाल महर्जनले अध्यक्षता

, उपाध्यक्ष तथा लिटिल फ्लावर्स पब्लिक स्कुल , शंखमुल , दथुल , ललितपुरका प्रिन्सिपल विकेश महर्जनले स्वागत मन्तव्य र शेयर सदस्य कुसुम बज्राचार्यले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संस्थाका सचिव रत्नमान महर्जनले उक्त संस्थाको वार्षिक प्रगति विवरण तथा भावी योजना , नीति तथा कार्यक्रम र कोषाध्यक्ष नीरज महर्जनले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । उक्त कार्यक्रम तथा प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा  २५१ जना महिला र २४६ जना पुरुष गरी ४९७ जना शेयर सदस्य , रु.६१,६३,८०० शेयर पूँजी , कूल निक्षेप ५,६९,९१,२७८/९० र  कर्जा प्रवाह रु.४,५४,३९,८६८ रहेको उल्लेख छ ।

उक्त अवसरमा सो संस्थाको प्रति कित्ता रु.१०० दरका १,००० कित्ता शेयर खरीद गर्ने शेयर सदस्यहरु राममाया महर्जन , दिलबहादुर महर्जन , माइला महर्जन , शान्ती महर्जन , दशमाया महर्जन , सानुकाजी महर्जन र तुलशीलाल महर्जनलाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई.मा  उत्कृष्ट जी.पी.ए. प्राप्त गरी उत्तीर्ण हुने सुशान्त महर्जन , स्वनिल महर्जन , गीता घले , सजना गमाल , किरण खड्का , युगान सिंह महर्जन , अनिमेष शाक्य , दीया बज्राचार्य , विपिन महर्जन , टिशा महर्जन , पूजा तामाङ , सुमरन श्रेष्ठ विभुष महर्जन , ओजश महर्जन र रिनित महर्जनलाई सम्मानित गरिएको थियो ।
उक्त साधारणसभामा यल अन्तर सहकारी समन्वय समिति अन्तर्गतका सबै सहकारी संस्थाहरुका अध्यक्षहरुका साथै सामाजिक क्षेत्रमा कार्यरत  व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply