पब्लिक को-अपरेटिभ लि. को २२औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको शेयर सदस्य २,६३९

0 Shares

ललितपुरको जावलाखेल , धोबिघाटमा सञ्चालन भइरहेको पब्लिक को-अपरेटिभ लि. को २२औं वार्षिक साधारणसभा हिजो कुमारी पार्टी प्यालेस , गा:बहाल , ललितपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष महेशमान शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको एक समारोहका वीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पब्लिक को-अपरेटिभ लि. ले गरिरहेको प्रगति तथा यसले  सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्नुभयो । ललितपुर महानगरपालिकाले सहकारीको मूल्य र मान्यता अनुरुप सहकारी संस्थाहरुको सञ्चालन र तिनीहरुको विकास र प्रवर्द्धनका लागि सकेको मद्धत गर्ने उहाँको भनाई थियो । सो संस्थाका उपाध्यक्ष गुणमनि शाक्यले

स्वागत मन्तव्य र लेखा सहायक सानु शाक्यले

सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका अध्यक्ष महेशमान शाक्यले सो संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक मनिला चाम्लिङ्गले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा महिला १४९० र पुरुष १२४९ गरी जम्मा शेयर सदस्य २,६३९ जना , शेयर पूँजी रु.२,४७,०१,६०० , बचत संकलन रु.३१,५१,६१,३७५/९६ , कर्जा लगानी रु.३२,८३,८७,७१३/०३ , कूल आम्दानी रु.५,४७,९६,०६०/४७ र सञ्चालन खर्च रु.५,००,४७,६७७/११ रहेको र अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर पूँजी १४,०२५ कित्ताले बृद्धि भई रु.१४,०३,५०० र  शेयर सदस्य २२७ जना बृद्धि भएको उल्लेख छ । त्यस अवसरमा  ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधि , विभिन्न समाजसेवी व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो । हिजो नै पहिलो सत्रमा वाल बचत तथा नारी वचतको छुट्टै कार्यक्रम भएको थियो । उक्त साधारणसभाको संयोजन सोही संस्थाका सचिव दिनेश ताम्राकार लगायतले संयोजन गर्नुभएको थियो ।

Leave a Reply