थिमि स्वावलम्वन साकोस , चपाचोले आफ्नो १३औं स्थापना दिवसमा सञ्चालन ग-यो आँखा शिवीर कार्यक्रम , शंखधर साकोस , शंखधरचोकले पनि मनायो आफ्नो १३औँ स्थापना दिवस

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको चपाचोमा रहेको थिमि स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १३औं स्थापना दिवसको अवसरमा २०७६ कार्तिक २३ गते शनिवार चपाचो सामुदायिक स्वास्थ्य क्लिनिक , चपाचोमा सिटी आई केयर शंखधरचोक भक्तपुरसँग सहकार्य गरी स्वावलम्वन आँखा शिवीर सञ्चालन ग-यो । त्यस अवसरमा स्थानीयवासी सहितको आँखाको जाँच गरिएको थियो । सामान्य आँखाका रोगीलाई औषधि तथा नजिकको पावरको चश्मा लगाउनु पर्ने विरामीलाई सो पावरको चश्मा नि:शुल्क वितरण गरिएको आयोजकको भनाई छ । DAK Foundation तथा partner for Equity हिमाल आई केयर फाऊण्डेशनले सो आँखा शिवीर कार्यक्रमलाइ सहयोग गरेको जनाइएको छ ।
थिमि स्वावलमावन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १३औं स्थापना दिवसको अवसरमा न्यू एभरेष्ट पार्टी प्यालेस , कमेरोटार , भक्तपुरमा सोही दिन साँझ सदस्यहरु बीच भेटघाट तथा जलपान कार्यक्रम पनि आयोजना गरेको बताइएको छ ।
यसैगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको शंखधरचोक , थिमिमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि. ले पनि आफ्नो १३ स्थापना दिवसको अवसरमा यही कार्तिक १९ गते साँझ शंखधर पार्टी प्यालेस , शंखधरचोक , थिमिमा सदस्यहरु बीच भेटघाट तथा जलपान कार्यक्रम आयोजना गरेको आयोजकले जनाएका छन् ।

