कोलमतेश्वर साकोस, थलीले आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३ करोड २० लाख पु-याउने लक्ष्य लिएको छ : अध्यक्ष कुशश्री न्यौपाने

काठमाडौंको कागेश्वरी-मनहरा नगरपालिका – ५ , थलीमा
आफ्नै भवनमा मुख्य कार्यालय र सोही नगरपालिकामा रहेको गोठाटारमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कुशश्री न्यौपानेले कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३ करोड २० लाख पु-याउने लक्ष्य लिएर अगाडि बढिरहेको छ भन्नुभएको छ । उहाँले मुटु , मृगौला , कलेजो , ब्रेन ह्यामरेज , क्यान्सर , अंग प्रत्यारोपणमा यस संस्थाको सदस्य बर्गिकरणको आधारमा रु.४,००० , रु.५,००० र रु.७,००० प्रदान गर्ने व्यवस्था गरिएको सहकारी सञ्जाललाई बताउनु भएको छ ।
उता सो संस्थाको १४औं वार्षिक साधारणसभा २०७६ कार्तिक २ गते राष्ट्रिय सहकारी महासंघ लि.का वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता , कास्कूनका सचिव शालिकराम पुडाशैनुको विशेष आतिथ्यता र सोही संस्थाका अध्यक्ष कुशश्री न्यौपानेको अध्यक्षतामा नवील पार्टी प्यालेस , नारायणटार , जोरपाटीमा सम्पन्न भयो ।
उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि कँडेलले कोलमतेश्वर साकोसले गरिरहेको प्रगति र सामाजिक उत्तरदायित्वका कार्यक्रम देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले सहकारी संघ/संस्थाहरुले संख्यात्मकलाई भन्दा गुणात्मकतामा ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
त्यस अवसरमा कास्कूनका सचिव शालिकराम पुडाशैनीले कास्कूनले आफ्ना सदस्य संस्थाहरुको गुणात्मक विकासका लागि कार्य गरिरहेको बताउनुभयो । सो संस्थाकी उपाध्यक्ष शान्ता दाहालले स्वागत मन्तव्य र सचिव कमला न्यौपानेले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा उक्त संस्थाकी सचिव कमला न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन एवं २०७६/०७७ लक्ष्य , कोषाध्यक्ष पुत्यप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन , सञ्चालक सदस्य तथा शिक्षा उप-समिति संयोजक ईश्वरकृष्ण घिमिरेले अध्यक्ष कुशश्री न्यौपानेको तर्फबाट संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिले आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो । पारित भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य ८,५३० , खातावाला सदस्य ११,६५० तथा समूह २८९ , शेयर पूँजी रु.२,८४,२६,२०० , बचत रु.१६,०३,९१,७३६ , ऋण लगानी रु.१५,१७,१९,८७३ , आय रु.२,३५,८८,४९१/४० , खर्च रु.२,१७,२५,१५३/८६ र कोषहरु रु.१,६१,४१,८७२/१२ रहेको उल्लेख छ ।
त्यस सभामा सो संस्थाका ८४ वर्षीय जेष्ठ सदस्य मुक्तिनाथ पुडासैनी , असल बचतकर्ता बाशुदेव कुइकेल , असल ऋणी खगेन्द्रप्रसाद पाण्डेलाई दोसल्ला ओडाई सम्मान गरियो भने सो संस्थाले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा भएको संस्थाको बारेको दोहोरी प्रतियोगितामा प्रथम हुने रश्मी खनाल , निर्मला खनाल र रेवती भट्टराई , दोस्रो हुने गीता खनाल , शान्ता दाहाल र काञ्ची चापागाई , तेस्रो हुने जमुना कोइराला , गीता न्यौपाने र अम्बिका सिग्देल , चौथो हुने पार्वती सिंखडा , दुर्गा सिंखडा र अम्बिका नेपाल , हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने श्रीकृष्ण महिला समूहकी सदस्यहरु क्रमश : शान्ती धामी , लक्ष्मी कोइराला र जमुना फुयाल , द्वितीय हुने गोकर्णेश्वर महिला समूहकी सदस्यहरु क्रमश : जमुना कोइराला , सुनिता राई र सुन्दरी सिवाकोटी , तृतीय हुने सबेरा महिला समूहकी सदस्यहरु क्रमश : कल्याणी पण्डित , विमला भण्डारी र अर्चना पण्डित , २०७५ चैत्र २२ गते भएको कविता प्रयोगितामा प्रथम हुने इन्दिरा खनाल , द्वितीय हुने मीना भण्डारी , तृतीय हुने मनिता मिजार , चौथो हुने केशवप्रसाद घिमिरे र पाँचौ हुने सुशीला लुइटेल तथा उक्त संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. मा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने सृजना काफ्ले , सोनी महता , आरती सापकोटा , आयुष घोरासैनी र सङ्कल्प चापागाईलाई पुरस्कृत गरिएको थियो ।