तनहुँ जिल्लाको बन्दीपुरमा ग्लोबल आईएमई बैंक लि. को शाखा स्थापना

नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको स्वीकृति प्राप्त ग्लोबल आईएमई बैंक लि.ले सोमबार गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको बन्दीपुरमा नयाँ शाखा सञ्चालन शुभारम्भ गरेको सो बैंकले जनाएको छ ।
यो शाखा सञ्चालन शुरु भएसँगै उक्त बैंकको शाखा संख्या १५० पुगेको छ भने ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम सेवा तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको उक्त बैंकको भनाई छ ।