युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०७५/०७६ मा १२,८४० जना स्वरोजगार भएको बतायो

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०७५/०७६ मा ६,६४२ जना पुरुष र ६,१९८ जना महिला गरी १३,८४० जनालाई स्वरोजगार भएको र आर्थिक वर्ष २०७६/०७७ मा १२,००० जनालाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताएको छ ।
आज नेपाल सरकार ,, युवा तथा खेलकुद मन्त्रालय , सिहंदरवार , काठमाडौंमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । त्यस अवसरमा बोल्दै नेपाल सरकार , युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव अणुप्रसाद दाहालले सो मन्त्रालयले गरेका कार्यहरुको विवरण प्रस्तुत गर्दै
आगामी आर्थिक वर्षका लागि एक स्थानीय तह एक वडा एक युवा क्लव एक उद्यम , नमूना युवा संसद सञ्चालन कार्यक्रम , युवा प्रतिभा पहिचान र उद्यमीको खोज तथा उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम , सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रम र युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले झापा , विराटनगर चितवन , जनकपुर , धनगढी आदि स्थानहरुमा रंगशाला निर्माण गर्ने सरकारको योजना अनुरुप धनगढीमा प्याराफिट निर्माण भइरहेको र जनकपुरमा रंगशालाको पर्खाल लगाउने कार्य चलिरहेको छ भन्नुभयो । सोही अवसरमा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष प्रेम दंगालले गत आर्थिक वर्षमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लगानी गरेको ९५ प्रतिशत ऋण प्रहरी प्रशासन आदि उपायको सहयोगमा असुल उपर गरेको बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरुबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट कर्जा लगानी गर्दा अलि लामो झञ्झटिलो प्रक्रिया पार गर्नु पर्ने भएकोले यस कोषले फाष्ट्रयाक विधिबाट पनि कर्जा लगानी गर्ने बताउनुभयो । नेपाल सरकार , युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव पुष्पराज शाहीले थोरै बजेटले यस मन्त्रालय तथा यो मन्त्रालय मातहतका खेलकुदका साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोष , युवा परिषद र स्काउटको सञ्चालन गर्नु पर्ने भएकोले नागरिकले खोजे जति कार्य सम्पन्न हुन नसकेको बताउनुभयो । उक्त कार्यक्रम सोही मन्त्रालयका उप-सचिव कृष्णप्रसाद बस्यालले सञ्चालन गर्नु भएको थियो । त्यस कार्यक्रमको संयोजन भने शाखा अधिकृत पुन्यप्रसाद भट्टराईले गर्नु भएको देखिएको थियो ।