नेफ्स्कूनको २८ औं वार्षिक साधारणसभा सम्बन्धी सूचना !

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को २८औं बार्षिक साधारण सभामा उपस्थित हुन आवद्ध सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७६।०७७ सम्मको नवीकरण , संघमा नियमित बचत जम्मा गरेको प्रमाण , आर्थिक वर्ष २०७५।०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन र साधारणसभा / सञ्चालक समितिबाट आधिकारिक प्रतिनिधि मनोनयनको निर्णय सहित २०७६ मंसिर २५ गते भित्र संघका फिल्ड कार्यालयहरु वा केन्द्रीय कार्यालयमा पठाई सहयोग पु-याई दिनुहुन संघ अनुरोध गर्दछ ।