शुभ सन्देश सहकारीको चौथो साधारणसभा सम्पन्न

0 Shares

काठमाडौंको कुलेश्वरमा रहेको शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लि.को चौथो बार्षिक साधारण सभा  जिल्ला सहकारी संघ लि. , काठमाडौंका प्रबन्धक राजकुमार गिरीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कुबेर थापाको अध्यक्षतामा २०७६ कात्तिक ३० गते शनिवार सलम्बु माई साँखुमा सम्पन्न भएको छ ।

त्यसैगरी सो साधारणसभाका अन्य अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक लि., कुपण्डोल शाखा प्रबन्धक सुनिल मर्हजन, निलकण्ठ सहकारी संस्था लि. , धादिङका सदस्य सीताराम अधिकारी , सहकारी सञ्जालका संवाददाता ईश्वर ढुंगेल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमखु अतिथि गिरीले उक्त संस्थाका शेयर सदस्य , सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना  व्यक्त गर्दै सहकारी सन्दर्भ व्यजदरको विषयको बारेमा विश्लेषण समेत गर्नु भएको थियो । उहाँले सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघ लि. , काठमाडौंले सहयोग गर्ने समेत जानकारी गराउनु भएको थियो ।

सोही अवसरमा राष्ट्रिय सहकारी बैंक लि. , कुपण्डोलका शाखाका प्रबन्धक महर्जनले सो संस्थाले गरेको प्रगतिको प्रशंसा गर्दै यस संस्थालाई सहकारी बैंकले पनि  साथ र सहयोग गर्दै जाने जानकारी दिनु भएको थियो ।  त्यस अवसरमा सस्थाका सचिव हरिप्रसाद कोइराला र  शेयर सदस्य पविन्द्र वाईवाले आ–आफनो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो बार्षिक साधारणसभामा उक्त संस्थाले नियमित बचतकर्तालाई सम्मान तथा कर्मचारीत्रय  निर्मला सापकोटा , सरिता धिताल र उस्मिता अधिकारीलाई उत्कृष्ट कर्मचारीको सम्मान समेत गरिएको थियो । 

उक्त कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक मनिषकुमार झाले गर्नुभयो ।

संस्थामा आर्थिक बर्ष २०७५/०७६ को अन्त्यसम्ममा शेयर सदस्य २,०६३ जना , शेयर पूँजी रु.७ ४,११,५०० , जगेडा कोषहरु रु. १,१,०३,३९१/५३र कूल निक्षेप रु.८१,१९३,५२०/११ रहेको उल्लेख गरिएको छ ।

 

Leave a Reply