कर्मणा साकोस , सातदोबाटोको १९औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको अध्यक्षमा पुन: कृष्णबहादुर महत निर्विरोध चयन , संस्थामा कारोवार रु.१,६३,८५,७६,०५४

0 Shares

ललितपुरको सातदोबाटोमा रहेको कर्ममा बचत तथा ऋण सहकारी संस्था लि. को १९औं वार्षिक साधारणसभा आज ललितपूर पार्टी प्यालेस , सातदोबाटो , ललितपुरमा पुन: कृष्णबहादुर महतको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । उक्त सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्ष क्रमश: किशोर घिमिरे , सहदेव बञ्जारा र विष्णु दाहाल तथा सदस्यहरु गीताकुमारी घिमिरे बजगाई  , प्रतिभा प्रधान ,  टीकाप्रसाद घिमिरे , सुजाता के.सी. , रेवतीप्रसाद घिमिरे , शम्भुबहादुर के.सी. र कुशा पराजुली रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजक श्यामप्रसाद घिमिरे तथा सदस्यहरु गोमा बजगाई र राजन खनाल चयन हुनुभएको छ ।

त्यस संस्थाका अध्यक्ष कृष्णबहादुर महतको अध्यक्षतामा भएको सो साधारणसभाको  उद्घाटन सोही संस्थाका संस्थापकअध्यक्ष प्रकाशबहादुर महतले गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख अतिथि महतले कर्मणा बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना हुँदाको अवस्थाको बारेमा चर्चा गर्दै यस संस्थाले गरिरहेको प्रगति र यसले समाजक़ो आर्थिक , सामाजिठ तथा सांस्कृतिक परिवर्तनमा पु-याइरहेको योगदान देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका सल्लाहकार तथा प्रदेश नं. ३ सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरेले

सो संस्थाको थप प्रगतिको कामना गर्दै सहकारी एकीकरणको आवश्यकतामा जोड दिनुभयो । सोही संस्थाका सचिव गोपालप्रसाद बजगाईले सञ्चालन र सञ्चालक सदस्य चिरञ्जीवीमान प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा सो संस्थाका अध्यक्ष कृष्णबहादुर महतले उक्त संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक गोविन्दप्रसाद भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष सहदेव बञ्जाराले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाले छलफल गरी पारित गरेको वार्षिक प्रतिवेदनमा सदस्यहरुलाई आधुनिक र गुणस्तरीय सेवा प्रदान गर्न एस एम एस बैंकिङ्ग लगायत नयाँ बचत तथा ऋण योजना सञ्चालन गर्ने , विभिन्न सहकारी तथा सहकारीले प्रवर्द्धन गरेका आयोजनाहरुको अवलोकन भ्रमण गर्ने , आगामी वर्ष पनि संस्था स्थापनाको अवसर पारेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिने , नमुना सहकारीको अध्ययन अवलोकन भ्रमण गरी अनुभव आदान प्रदान गर्ने कार्यक्रम राख्ने साथै सदस्यहरुलाई सीपमूलक तालिम र कर्मचारीहरुलाई  क्षमता-दक्षता अभिबृद्धि गर्ने तालिममा सहभागी गराइने , सदस्यहरुको सहयोग र सल्लाह लिई कार्यविधि बनाएर नयाँ भवन निर्माण गर्न कोषको व्यवस्था समेत गर्ने , राष्ट्रिय सहकारी बैंक लि. तथा अन्य संघ/संस्थाबाट लघुवित्त वा कम व्याजदरको लागतको ऋण लिई सदस्यहरुलाई लघु , मझौला तथा साना व्यापार र कृषि तथा उत्पादनजन्य कार्यका लागि लगानी गर्ने , सामुदायिक सहकारीको अवधारणा र मूल्य मान्यतामा सञ्चालित यस संस्थासँग समान रुपमा स्वार्थ मिल्ने संस्थाहरुलाई एकीकरण गरी बृहत सदस्य संख्या र गुणस्तरीय सेवा दिने संस्थाको रुपमा यस संस्थालाई विकास गर्ने आदि उल्लेख गरिएको छ भने आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या १,०३७ जना , शेयर पूँजी रु.४,३१,४०,००० , बचत संकलन रु.१,१२,२७,८२,८५३ , ऋण लगानी रु.३५,५२, १४,५५० , ऋण असुली रु.२९,२२,१६,३९२ , कारोवार रु.१,६३,८५,७६,०५४ र खुद बचत रु.१,१८,६९,८५८ रहेको उल्लेख छ ।

त्यस अवसरमा ७० वर्ष उमेर माथिका सोही संस्थाका जेष्ठ सदस्यहरु प्रकाशबहादुर महत , चन्द्रबहादुर दुलाल , शिवप्रसाद घिमिरे , मैघनिधि तिमिल्सिना , सोमकुमारी सापकोटा , गौरी न्यौपाने , मधुसुदन थकु र मिठु आचार्यलाई सम्मान गरिएको थियो । त्यसैगरी सो संस्थामा नियमित कारोवार गर्ने उत्कृष्ट शेयर सदस्यहरु गोविन्दप्रसाद भराई , अनामिका राजभण्डारी ,  होमप्रसाद घिमिरे , केदारनाथ तिमल्सिना , टीकाराम दाहाल , योगराज न्यौपाने , राकेश अवाले ,  जयराम गौतम , राजकृष्ण बजगाई , राजुप्रसाद सापकोटा , नवराज सञ्जेल , हरिप्रसाद घिमिरे , मिठाराम बजगाई , सूनिता तामाङ र नन्दमाया घिमिरेलाई सम्मानित गरिएको थियो । उक्त साधारणसभाको सहजीकरण सोही संस्थाका प्रवन्धक रमेश घिमिरेले गर्नु भएको थियो ‌।

 

Leave a Reply