२८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जनता साकोस , चित्रपुरले ग-यो एकल महिला तथा अपाङ्गता भएका सदस्यहरुलाई नगद सहित सामाग्री वितरण
भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य , सामाजिक तथा सांस्कृतिक उप- समितिको आयोजनामा सोही संस्थाको हलमा २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज नगद तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।



त्यस अवसरमा सो संस्थाका २४ जना एकल महिला तथा ७ जना अपाङ्गता भएका सदस्यहरुलाई नगद सहित सामाग्री वितरण गरिको थियो । सो कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यता तथा उक्त संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको अध्यक्षता मा सम्पन्न भएको थियो । त्यस संस्थाका सचिव राजु प्रजापतीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि थापा , त्यस संस्थाका अध्यक्ष राजथला , कानुनी सल्लाहकार राजकुमार राजथला , लेखा सुपरीवेक्षण समिति संयोजक दिनेश प्रजापती र कार्यक्रम संयोजक महेन्द्र राजथलाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
