सुयोग्य साकोस , कोटेश्वरको कूल कारोवार रु.२३,१०,४०,४७६, सो संस्थाले ग-यो ‘निरोगिता तथा सान्दार जीवनशैली’ विषयक अभिमुखीकरण कार्यक्रम
काठमाडौंको कोटेश्वर स्थित सेतीओपी मार्गमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. को २०७६ मंसीर १६ गतेसम्म शेयर सदस्य संख्या १,३८५ र कूल कारोवार रु.२३,१०,४०,४७६ रहेको सोही संस्थाका प्रवन्धक खड्ग सुब्बाले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले हाम्रो यस सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले हालै सम्पन्न भएको आफ्नो १२औं वार्षिक साधारणसभाबाट पारित भएको नीति तथा कार्यक्रम कार्यन्वयन गरिरहेको छ’ भन्नुभयो ।
सो संस्थाको आयोजनामा २०७६ मंसीर ७ गते कोटेश्वरस्थित लोटस पार्टी प्यालेसमा ‘निरोगिता र सान्दार जीवनशैली’ विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम उक्त संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको अध्यक्षता र प्रवन्धक खड्ग सुब्बाको सञ्चालनमा सम्पन्न भयो । उक्त अवसरमा अध्यक्ष थाम्सुहाङ्गले सो कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नु हुँदै सदस्यहरुको आर्थिक समृद्धीको निम्ति शारीरिक तथा मानसिक स्वास्थ र समृद्ध हुन आवश्यक छ भन्नुभयो । त्यस अवसरमा त्यस संस्थाको शिक्षा उप-समिति अध्यक्ष पम्फा न्यौपानेले सो संस्थाको अवस्था र गतिविधि सहितको प्रगति विवरण पेश गर्नु हुँदै यस संस्थाका सदस्यहरु र समुदायको हितको लागि आफ्नो स्थापनाकालदेखि ने यस संस्थाले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो ।
२०६४ सालमा स्थापना भएको यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहेको उक्त संस्थाको भनाई छ ।

