आफ्नो १० औं वार्षिक साधारणसभाको तयारी गर्दै समता साकोस ,न्यौत , ललितपुर
ललितपुर महानगरपालिका – ८, न्यौतमा रहेको समता बचत तथा ऋण सहकारी संस्था लि को १०औं वार्षिक साधारणसभा २०७६ पुस १२ गते अग्नि पार्टी , प्यालेस , ललितपुरमा गर्ने तय भएको र त्यसैको तयारीमा लागिरहेको सो संस्थाका प्रवन्धक ज्ञानबहादुर अवालेले बताउनुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले उक्त संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य संख्या ८३१ , शेयर पूँजी रु.१,४२,२५,८०० , निक्षेप संकलन रु.२०,१२,९८,३४२, कर्जा लगानी रु.१५,९७,०९,९४० र कूल कारोवार रु.२२,६६,९३,८२८ रहेको बताउनुभयो । २०६७ सालमा स्थापना भएको सो संस्था आफ्न शेयर सदस्यहरुलाई राम्रो प्रतिफल प्रदान गर्दै र सामाजिक उत्तरदायित्व अन्तर्गतका कायहरु गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उहाँको उहाँको भनाई छ ।
