नेफ्स्कूनको प्रोफेशनल ब्राण्डका लागि प्रक्रियागत कार्य गर्दै चमेली कल्याणकारी साकोस , विरुवा , त्यस संस्थाको कूल कारोवार रु.४८,४६,०५,६२७

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका – १ , विरुवामा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कूनको प्रोवेशन ब्राण्डको लागि विगत १ वर्षदेखि प्रक्रियागत कार्य गरिरहेको सो संस्थाको व्यवस्थापन पक्षले बताएको छ । सो व्यवस्थापन पक्षका अनुसार २०७६ मंसीर २० गतेसम्म उक्त संस्थामा शेयर सदस्य संख्या ३,४६० , शेयर पूँजी रु.३,८६,४९,१०० , निक्षेप संकलन रु.३९,६६,५४,६१७ , कर्जा लगानी रु.३३,३८,८७,८९५ , सञ्चालन मुनाफा रु.३४,६९,९७७ , जगेडा तथा अन्य कोषहरु रु.४,२६,७८,५९७ र कुल कारोवार रु.४८,४६,०५,६२७  रहेको जनाएको छ ।

उक्त संस्थाको १७औं वार्षिक साधारणसभा २०७६ असोज ४ गते सोही संस्थाका कार्यबाहक अध्यक्ष चन्द्रराज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कूनका उपाध्यक्ष परितोष पौड्यालले यस चमेली कल्याणकारी साकोसको सूचाङ्क हेर्दा यो संस्था बचत तथा ऋण कारोवार सँगै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरी निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको बताउनुभयो । उहाँले साकोसहरुको विकास र प्रवर्द्धनको लागि नेफ्स्कूनले छुट्टै साकोस ऐन निर्माणको लागि पहल गरिरहेको छ भन्नुभयो । त्यस सभामा सो संस्थाका का.वा.आध्यक्ष चन्द्रराज खड्काले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष शालिकराम घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति स़ंयोजक प्रमोद घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त सभाले आवश्यक छलफलपछि प्रतिवेदन पारित गरेको थियो । सोही साधारणसभाले उक्त संस्थाका का.वा. अध्यक्ष चन्द्रराज खड्कालाई अध्यक्षमा र शेयर सदस्य हरिहर प्रसाद घिमिरेलाई उपाध्यक्ष पदमा चयन गरेको थियो ।

त्यस सभामा सोही संस्थाका जेष्ठ सदस्यहरु विमला चौलागाई र हरिशरण न्यौपानेलाई सम्मान गरिएको थियो भने शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सिलको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने दीपशिखा न्यौपाने र अनुरागध्वज थापालाई पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो थियो ।

त्यस साधारणसभाले पारित गरेको नयाँ बचत योजना अन्तर्गतको कोपिला बचत , शिक्षा बचत , तीज विशेष बचत , विल भुक्तानी बचत बचत योजना र सुताकेरी भेटघाट कार्यक्रम आदि कार्यक्रम लागू गरिरहेको जनाएको छ । १० जना कर्मचारी कार्यरत उक्त संस्थाको सुत्केरी भेटघाट कार्य्रक्रम अन्तर्गत ३ जना सुत्केरी सदस्यलाई भेटघाट गरेको बताइएको छ ।

Leave a Reply