दुर्गा भवानी सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.को २१ औँ वार्षिक साधारणसभा मिति २०७६ साल पौष २६ गते शनिवारका दिन धुम्बाराही स्थित धूम्रबराह पार्टी प्यालेस क्याटरिङ सर्भिस (र्फान नः ४४३८९८४) मा बिहान ११ बजे तपसीलका विषयहरूमा छलफल तथा निर्णयर्का लागि बस्ने भएकाले सबै सदस्यहरूलाई उक्त मिति, समय र स्थानमा अनिवार्य उपस्थितिर्का लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभामा छलफल तथा पारित हने विषयहरू :
१. अध्यक्षबाट प्रस्तुत आ.व. २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
२. आ.व. २०७६/०७७ को कार्य योजना र अनुमानित बजेट पारित गर्ने ।
३. आ.व. २०७५/०७६ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गर्ने ।
४. आ.व. २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने ।
५. आ.व. २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने ।
६. अन्य सहकारी संस्थासंग एकीकरणका लागि छलफल र निर्णय गर्न सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने ।
७. कानूनी प्रकृयामा रहेका संस्थाको लेना रकमहरु असुल गर्ने ।
८. निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि चयन गर्ने ।
९. विविध ।
दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड , दुर्गा भवानी चोक, का.म.पा.–४, धुम्बाराही, काठमाडौं ।
फान नं.: ४४३७७६८, ४४४३०१३
(नोट : साधारणसभामा भाग लिन परिचय–पत्र अनिवार्य गरिएको छ ।)