मोवाइल बैकिंग सेवा शुरु गरिएको बारे जनउपकार साकोसको सूचना !

0 Shares

यस जनउपकार साकोसले मिति २०७६ पौष ७ गतेबाट आफ्ना शेयरधनीहरुको लागि मोवाइल बैकिंग सेवा शुरु गरेको छ । मोबाइल बैकिंग सेवा मार्फत तपाइहरुले आफ्नो बचत तथा ऋणको अवस्थाको जानकारी लिन सक्नुहुनेछ । साथै , मोबाइलमा ब्यालेन्स रिचार्ज गर्न, डिसहोम रिचार्ज गर्न, रकम ट्रान्सफर गर्न , बिजुली तथा टेलिफोनको बिल भुक्तानी लगायत अन्य बिल भुक्तानी गर्न सक्नुहुनेछ ।
यो सुविधा उपयोग गर्नका लागि तपाइले संस्थाको कार्यालयमा सम्पर्क राखी युजरनेम, पासवर्ड र पिन नं. लिनुहुन अनुरोध छ ।
मोबाइल बैकिंग सेवा शुरु गर्ने प्रक्रिया :
१. प्ले स्टोरमा गइ Zicoop मोबाइल एप डाउनलोड गर्नुहोस ।
२. यो एप Open गर्नुहोस ।
३. JanaUpakar टाइप गरी Login गर्नुहोस ।
४. Member Login पेज खुलेपछि Register मा क्लिक गर्नुहोस ।
५. सदस्यता नं र मोबाइल नं Enter गर्नुहोस ।
६.Proceed मा क्लिक गर्नुहोस ।
७. “YOU WILL BE NOTIFIED BY COOPERATIVES FOR FURTHER PROCESS” भन्ने notification आएपछि संस्थामा सम्पर्क गरी तोकिएको सञ्चालन शुल्क तिरेर युजरनेम, पासवर्ड र पिन नं. लिनुहोस र मोबाइल बैकिंग सेवा सञ्चालन गर्नुहोस । ।

Leave a Reply