समता साकोस ,न्यौत , ललितपुरको १०औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares


ललितपुरको न्यौतमा आफ्नै भबनबाट सञ्चालन भइरहेको समता बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अधयक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष नारायणलाल अवालेको अध्यक्षतामा २०७६ पुस १२ गते अग्नि पार्टी प्यालेस , कुमारीपाटी , ललितपुरमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतीले स्थानीय समुदायमा आधारित यस समता साकोसको सूचाङ्कहरु हेर्दा यो संस्था राम्रोसँग अगाडि बढे देखिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारीको मूल्य र मान्यता तथा विधि र प्रविधि अनुरुप राम्रोसँग सञ्चालन हुने सहकारी संस्थाको विकास र प्रवर्द्धनमा राष्ट्रिय सहकारी बैंक लि. को साथ र सहयोग रहने बताउनुभयो । त्यस अवसरमा नेफ्स्कूनका नि:वर्तमान सञ्चालक सदस्य नानीकाजी शाक्य , ज्यापु समाज यलका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
सो सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष नारायणलाल अवालेले यस समता बचत तथा ऋण सहकारी संस्था लि. बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्ने उद्देश्यले यस संस्थाले सीपमूलक तालिमहरु सञ्चालन गर्न बताउनुभयो । त्यस संस्थाका उपाध्यक्ष रत्न अवालेले स्वागत मन्तव्य र सह-सचिव कृष्णप्रसाद अवालेले सञ्चालन गर्नु भएको सो सभामा उक्त संस्थाका कोषाध्यक्ष कृष्ण महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक आशाराम अवालेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल भई पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.१,४२,२५,८०० ,निक्षेप संकलन रु.२०,१२,९८,९८,३४२ , ऋण लगानी रु.१६,१५,४७,३८५ , जम्मा नाफा रु.४८,२४,३५० , जम्मा राजश्व भुक्तानी रु.४,९३,७२९ र २०७६ मंसीर मसान्तसम्म शेयर सदस्य संख्या ८३१ रहेको तथा शेयर सदस्यहरुलाई १४,५ प्रतिशत लाभांश वितरण गरिने उल्लेख छ ।
त्यस सभामा उत्कृष्ट ऋणी सदस्य सरिता अवाले तथा जेष्ठ शेयर सदस्यद्वय सिरीमाया अवाले र कृष्ण अवालेलाई सम्मान गरियो भने त्यसे संस्थाका भूतपूर्व सञ्चालक कर्म अवालेलाई कदर-पत्र प्रदान गरिएको थियो । सोही संस्थाका व्यवस्थापक ज्ञानबहादुर अवालेले उक्त सभाको संयोजन गर्नु भएको थियो ।

Leave a Reply