कारोबार साकोस , सातदोबाटो ललितपुरको कूल कारोवार रु. ८ करोड ६४ लाख

0 Shares


ललितपुर महानगरपालिका -१५ , सातदोबाटोमा सञ्चालन भइरहेको कारोबार बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ पुस १७ गतेसम्म शेयर सदस्य संख्या १,०१५ ,शेयर पूँजी रु.९०,६७.९०० , निक्षेप संकलन रु.६,९२,००,००० , कर्जा लगानी रु.६,५६,५८,३३५ र कूल कारोवार ८,६४,००,००० रहेको सो संस्थाले जनाएको छ । त्यसै संस्थाकी प्रवन्धक बबिता कोइरालाले केही दिन अगाडि सम्पन्न भएको हाम्रो यस कारोबार बचत तथा ऋण सहकारी संस्था लि.को ९औँ वार्षिक साधारणसभाले पारित गरेको नीति तथा वार्षिक कार्यक्रम कार्यान्वयन भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
उक्त संस्थाको ९औँ वार्षिक साधारणसभा २०७६ पुस ५ गते Ambience Lounge Restro Salesberry , सातदोबाटोमा ललितपुर महानगरपालिकाका वडा नं.१५ का वडा अध्यक्ष सुदर्शन मिश्रको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष खड्कबहादुर खरालको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस साधारणसभाले पुन: खड्कबहादुर खरालको अध्यक्षतामा सोही संस्थाको सञ्चालक समिति सर्वसम्मत रुपमा चयन ग-यो । उक्त समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश: राजेन्द्र श्रेष्ठ , विजयकुमार बस्नेत र ध्रुवनारायण नेमकुल तथा सञ्चालक सदस्यहरुमा गोपाल भण्डारी , बैकुण्ठ राउद , गणेश बगाले , सावित्रा आचार्य र राजभाइ श्रेष्ठ रहनु भएको छ भने लेखा सपरीवेक्षण समितिको संयोजकमा महेश्वर थापा तथा सदस्यमा रमेश श्रेष्ठ र कमला राणा चयन हुनु भएको छ ।
सो साधारणसभाको एक समारोहका वीच प्रमुख अतिथि मिश्रले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि मिश्रले यस कारोवार साकोसले गरिरहेको प्रगति देख्दा आफूलाई खुशी लागेको बताउदै सहकारी संस्थाहरु बचत तथा ऋण कारोवारसँगै उत्पादनमूलक कार्यमा लाग्नु पर्ने खाँचो औलयाउनुभयो । त्यस अवसरमा कर्मणा बचत तथा ऋण सहकारी संस्था लि., सातदोबाटो , ललितपुरका अध्यक्ष कृष्णबहादुर महत लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो ।
त्यस सभाका अध्यक्ष खड्कबहादुर खरालले सो सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हामीले गत वर्ष सम्पन्न ८औँ वार्षिक साधारणसभामा हाम्रो यस कारोबार बचत तथा ऋण सहकारी संस्था लि.लाई उन्नति र प्रगतिको पथमा अगाडि बढाउने बचनबद्धता जाहेर गरे अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष हाम्रो यस संस्थाको शेयर पूँजी , निक्षेप संकलन , ऋण प्रवाह र कार्यालय व्यवस्थापन तर्फ अधिकतम उपलब्धी हासिल भएको छ भन्नुभयो । उहाँले यस संस्थामा ७ जना कर्मचारीहरु क्रियाशील रहेको बताउदै प्रतिकुल सहकारी बजार र हामीले संस्थामा गरेको लगानी तथा दिएको योगदानको तुलनात्मक मुल्याङ्कनका आधारमा हाम्रो यस संस्थाले गरेको उपलब्धीलाई सन्तोषजनक रुपमा लिनु पर्ने बताउनुभयो ।
त्यस संस्थाका सचिव विजयकुमार बस्नेतले सञ्चालन र सञ्चालक सदस्य राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो सभामा उक्त संस्थाका कोषाध्यक्ष ध्रुवनारायण नेमकुलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक महेश्वर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यस साधारणसभाले पारित गरेका प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थाको शेयर पूँजी रु.८३,७०,३०० , बचत संकलन रु.६,८४,९७,७१९ , कर्जा लगानी रु.७,४५,५९,६१९ रहेको र त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई यस वर्ष पनि १५ प्रतिशत नगद लाभांश र ६.७ प्रतिशत शेयर लाभांश वितरण गर्न सफल भएको उल्लेख छ ।
त्यस अवसरमा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु इन्द्रराज शाक्य , गोरखबहादुर रावल , सर्वज्ञमान मास्के , विष्णुबहादुर बस्नेत , लालकाजी श्रेष्ठ , ईश्वरी खत्री , गंगा खड्का , रत्नमाया नेमकुल र नारायणप्रसाद श्रेष्ठ , वाल बचत तर्फ अभियान खराल , रिजन श्रेष्ठ , डार्विनजङ्ग बस्नेत, प्रशंसा बस्नेत , सेविका बस्नेत , बिन्दा बस्नेत , आर्शिया प्रधानाङ्ग ,आदर्श बस्नेत , अर्जुन बस्नेत ,सुबम रानाभाट , स्मृति राउत , पूर्णिमा बस्नेत र आयुष सुवेदी ,५ वर्षे मुद्धती बचत तर्फ चन्द्रप्रकाश बस्नेत , स्मारिका बस्नेत , रोनिक बस्नेत , सहकुल कार्की र मञ्जु सुवार , १ वर्षे मुद्धती बचत तर्फ उपमा राउत , अनिता खड्का , कृष्ण प्रजापती , सुशानकाजी श्रेष्ठ , रामशरण राउत , तेजकुमारी सुनुवार र ध्रुव बस्नेत , विशेष बचत तर्फ मनिकृष्ण देउजु/रमेश श्रेष्ठ , लाक्पा शेर्पा ,बिन्दु नेमकुल र सानुमाया बस्नेत ,३ महिने मुद्धती बचत तर्फ शिशीरकुमार आचार्य , शेयर सदस्य तर्फ विक्रम बस्नेत , भगत बस्नेत , श्रया रानाभाट , मुना बस्नेत , बद्री खड्का , रोहितकुमार उदास र सरिता थापा , ऋणी सदस् तर्फ रेणु सापकोटा ,अमृता इङ्नाम र शर्मीला महर्जन , उत्कृष्ट बचतकर्ता बालकृष्ण श्रेष्ठ , मीना तण्डुकार र प्रकाशमेहर श्रेष्ठ र उत्कृष्ट कर्मचारीहरु कबिता बस्नेत र राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी सो संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. (A+) ल्याई उत्तीर्ण हुने विभुषी बस्नेत र सलिना अवालेलाई पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।

Leave a Reply