गाम्चा साकोस , गाम्चाले ग-यो – सहकारी साक्षरता तथा लघुवित्त शिक्षा कार्यक्रम

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका – गाम्चा चोकमा स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना तथा सोही संस्थाको शिक्षा उप-समितिको सयोजनमा एक दिवसीय सहकारी साक्षरता तथा लघुवित्त कार्यक्रम सम्बन्धी गोष्ठी हिजो उक्त सस्थाको भवनमा सम्पन् भएको छ । सो गोष्टिमा राष्टिय सहकारी बैक लि.का ऋण बिभाग प्रमुख प्रमोदकुमार घिमिरेले ‘सहकारी साक्षरता तथा लघुवित्त कार्यक्रम सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। उक्त गोष्टिमा त्यस सस्थामा आवद्ध ५० लघुवित्त समूह सेवा केन्द्रका १५० जना संयोजक सहित सदस्यहरूको सहभागिता रहेको थियो। सो संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गर्नु भएको त्यस गोष्टीमा उक्त सस्थाको वित्तीय गतिविधि र प्रदान गरिरहेको सेवाहरूको वारेमा सोही संस्थाका अध्यक्ष विकास खडकाले जानकारी दिनुभएको थियो भने कार्यक्रम संयोजक तेजबहादुर कार्कीले गोष्टि सञ्चालन गर्नुको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
गाम्चा चोकमा निर्माण भइरहेको उक्त संस्थाको बहुउद्देश्यीय सुविधा सम्पन्न भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

Leave a Reply