बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ८औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

सोसँगै “सक्षम साकोस समृद्ध संघ, वित्तीय पँहुचमा हाम्रो योगदान“भन्ने मूल नाराका साथ पौष १९ गते सभ्य र भव्यताका साथ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आठौ बार्षिक साधारण सभा Hotel Peace Palace मा सम्पन्न भयो ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको प्रमुख आतिथ्यता र नेफ्स्कूनका सञ्चालक सदस्य तथा उक्त
संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा आन्तरिक राजस्व कार्यालय , बागलुङका प्रमुख हेमराज सुवेदी, जिल्ला सहकारी संघ लि., बागलुङका अध्यक्ष दीपक गौतम,नेफ्स्कुनका अनुगमन अधिकृत पवनराज मल्ल, जिल्ला सहकारी संघ लि. , पर्वतका अध्यक्ष शेषराज रेग्मीको आतिथ्यता रहेको थियो । सोही अवसरमा त्यस संघको प्रगति प्रतिवेदन सचिव ऋषिराम गौतम , आय व्यय विवरण संघका कोषाध्यक्ष लिलादेवी खड्का र लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीबाट लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत भएको थियो । ती प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रुपमा पारित भयो ।
उत्कृष्ट बचतकर्तामा निलगिरी साकोस, उत्कृष्ट कारोबारमा महिलाहित साकोस र उत्कृष्ट ऋण कारोबारमा मिलिजुली महिला साकोसलाई पुरस्कृत गरियो । त्यस अवसरमा विभिन्न विषयमा अन्तर्क्रिया समेत भएको थियो ।

Leave a Reply