२०७६ फागुन २९ गते अपरान्ह ३ बजे राष्ट्रिय नाचघर ,जमलमा चर्चित गायक तथा संगीतकार डेनी निरौलाको एकल गायन प्रस्तुतीको तयारी हुँदै

0 Shares

सांस्कृतिक संस्थानको आयोजनामा प्रत्येक महिनाको अन्तिम विहीबार सञ्चालन हुदै आएको सुर-साधनाको १८औं श्रृङ्खलाम यही फागुन २९ गते बिहीवार अपरान्ह ३:०० बजे राष्ट्रिय नाचघर , जमल , काठमाडौंमा चर्चित गायक तथा संगीतकार डेनी निरौलाको एकल गायन प्रस्तुती कार्यक्रम हुने तयारी भइरहेको आयोजकले बताएका छन् । सो कार्यक्रममा दर्शक तथा श्रोताहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ । वरिष्ठ गायक तथा संगीतकार कोमल निरौलाका जेष्ठ सुपुत्र डेनी निरौला आफ्नो कर्मले गीत संगीतको क्षेत्रमा सफलताको सिँडीहरु चढीरहनु भएको छ । इलाम जिल्लाको माई जोगमाई गाउँपालिका(साविकको नामसालिङ्ग गा.वि.स.-२) को सुक्रबारे नजिकैको निरौला टोल जन्मथलो भएका र विगत २ दशकभन्दा बढी समयदेखि निरन्तर सांगीतिक क्षेत्रमा रहेर संगीत साधना गरिरहनु भएका डेनी निरौलाले सयौं गीतहरुमा संगीत भर्नुका साथै दर्जनौं गीतहरु गाउनु पनि भएको छ ।

Leave a Reply