चन्द्रसूर्य साकोस , सातदोबाटोको ९औँ वार्षिक साधारणसभा सम्पन्न

ललितपुर महानगरपालिका-१५ , सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.को ९औँ वार्षिक साधारणसभा उक्त संस्थाका अध्यक्ष रामशरण बस्नेतको अध्यक्षतामा हिजो डिलाइट पार्टी प्यालेस , महालक्ष्मीस्थान ,ललितपुरमा सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघ लि., नेपालका नवनिर्वाचित अध्यक्ष मीनराज कँडेलले भव्य समारोहका वीच सो साधारणसभाको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले यस चन्द्रसूर्य साकोसले बचत र ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको आर्थिक ,सामाजिक तथा संस्कृतिक रुपमा जीवनस्तर माथि उठाउन मद्दत पुग्ने ढंगबाट सामाजिक उत्तरदायित्वका कार्य गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउदै सहकारी संस्थाहरु बचत र ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनमूलक कार्यमा लाग्नु पर्ने बताउनुभयो । सोही सभामा उक्त महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र सञ्चालक सदस्य राजेन्द्र पौडेल, सहकारी विभागका उप-रजिष्टार शशिकुमार लम्साल , ,प्रदेश नं.३ सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे र सञ्चालक सदस्य अम्बिकाकुमारी थापा , बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका सचिव सहदेव बञ्जारा , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.की सञ्चालक सदस्य सरिता अवाले , शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि. , सातदोबाटोका अध्यक्ष तीखवीर राई ,करुणा बचत तथा ङण सहकारी संस्था लि. सातदोबाटो ताल्छिखेलका अध्यक्ष कृष्णप्रसाद बास्तोला , होप बहुउद्देश्यीय सहकारी संस्थि लि. सातदोबाटोका अध्यक्ष दीपेन्द्र सिंखडा , राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय , लगनखेल , ललितपुरकी प्रमुख रमा घिमिरे , प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि.लगनखेलका अध्यक्ष रेवतीप्रसाद दाहाल लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
त्यस अवसरमा सो सभाका अध्यक्ष बस्नेतले
राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका नवनिर्वाचित अध्यक्ष मीनराज कँडेल ,वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र सञ्चालक सदस्य राजेन्द्र पौडेललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका कामना गरी सम्मान गर्नुभयो ।
त्यस साधारणसभामा सो संस्थाको सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै उक्त सभाका अध्यक्ष बस्नेतले शेयर सदस्यहरुको यस चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.प्रतिको स्नेह र सहयोग तथा कर्मचारीहरुको योगदानका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्ने क्रममा निकै ठूलो भएको र संस्था ठूलो भएसँगै यसप्रति चुनौती र जिम्मेवारी पनि थपिएको बताउनुभयो । उक्त संस्थाका उपाध्यक्ष रोशनलाल श्रेष्ठले स्वागत मन्तव्य र कोषाध्यक्ष गोविन्दप्रसाद चिमिरेले सञ्चालन गर्नु भएको सभामा लेखा सुपरीवेक्षण समिति संयोजक रामप्रसाद सापकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थाको शेयर चुकाता पूँजी रु.१,६०,३८,००० , ऋण लगानी रु.२१,५९,३१,५७६/९४ र निक्षेप संकलन रु.२६,६०,९०,५७४/३१ रहेको उल्लेख छ । शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. मा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने अनुष्का बस्नेत , दिप्सन थापा , सफलता सञ्जेल , अशोक घिमिरे र रविन घिमिरे तथा उत्कृष्ठ जी.पी.ए. का साथ कक्षा १२ उत्तीर्ण हुने सिर्जना घिमिरे र स्नातक तह (BSW)मा उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने एञ्जिला बिष्टला पुरस्कार सहित सम्मान गरियो भने शेयर सदस्यहरु मध्ये उत्कृष्ट जी.पी.ए. का साथ कक्षा १२ उत्तीर्ण गर्ने रविना घिमिरे ,,द्वितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण हुने कल्पन घिमिरे , विद्यावारिधि गर्ने डा.ऋषीप्रसाद तिवारी , डा.लक्ष्मण घिमिरे ,नेपाल पब्लिक क्याम्पस एसोसिएसनका अध्यक्ष शिवराज सञ्जेल , अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल , सामाजिक विश्व शिक्षकहरुको अध्यक्ष महेन्द्र बिष्ट , प्रगतिशील लेखक संघ , ललितपुर जिल्ला शाखाका अध्यक्ष , नेपाल युवा रेडक्रस संगठनका जिल्ला सदस्यतथा प्रेस संगठनको उपत्यका प्रदेश सदस्य नवराज सञ्जेल , विज्ञान प्रवाह आधारभूत विद्यालयका प्रधानाध्यापक बेदनिधि घिमिरे ,शिक्षा सेवा आयोगको प्राथमिक तह शिक्षिका बिना न्यासुरलाई सम्मानित गरियो ।
उक्त अवसरमा त्यस संस्थाका जेष्ठ शेयर सदस्य टोपकुमारी लामिछाने , नविनप्रकाश महत , नवराज थापा र केशव भण्डारी , उत्कृष्ठ वाल बचतकर्ता रिद्धिमा बस्नेत र विवेक सिकर्मी , उत्कृष्ठ नियमित बचतकर्ता कृष्णप्रसाद चापागाई र कुलचन्द्र आचार्य , उत्कृष्ठ साधारण बचतकर्ता दिलमाया तामाङ र कुलमणि चापागाई , असल ऋणी लक्ष्मण कट्टेल र समिला मोक्तान तथा बुहारी सम्मान अन्तर्गत सोही संस्थाका शेयर सदस्यहरि दाहालसँग एक महिना अघि विवाह गरेकी विनिशा दाहाल एवं सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीलाई सम्मान गरिएको थियो । उक्त साधारणसभाको संयोजन सहयोग संस्थाका कानूनी सल्लाहकार अधिवक्ता श्यामकुमार यादवले गर्नु भएको थियो ।
त्यस अवसरमा त्यसै संस्थाका शेयर सदस्य समेत रहेका कलाकारहरुले आ-आफ्नो गीत तथा नृत्य प्रस्तुती गरेका थिए ।