प्रदेश नं.३ को नाम बागमती र स्थायी राजधानी हेटौडा कायम

प्रदेश नं.३ को प्रदेशसभाले प्रदेश नं.३ को नाम बागमती र स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । जो राजपत्रमा हिजो प्रकाशन भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो प्रदेशको स्थायी राजधानी काभ्रेमा कि हेटौडा र उक्त प्रदेशको नामका विषयमा विवाद देखिएको थियो तर उक्त दलको शीर्ष तहले त्यस प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौडालाई बनाउन आफ्ना प्रदेशसभा सदसायलाई निर्देश गरे सँगै उक्त निर्णय भएको बताइएको छ ।
यस अघि प्रदेश नं.४ ,६ र ७ को नाम र राजधानीको विषय टुङ्गो लागी सकेको छ तर प्रदेश नं.१,२ र ५ को नाम र राजधानी टुङ्गो लाग्न बाँकी छ ।