नेपाली काँग्रेसले मनायो ४४औँ राष्ट्रिय मेलमिलाप दिवस

आज देशका ७७ वटै जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । भारतको तत्कालीन सरकारसँग अन्तर्विरोध चलेपछि नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइराला सोही दलका अर्का नेता गणेशमान सिंह लगायतका सहयोगीहरुका साथ राष्ट्रियताको सवालमा राजासँग आफ्नो गला जोडिएको भन्दै २०३३ साल पुस १६ गते भारत प्रवासबाट स्वदेश फर्किएको सम्झनामा हरेक वर्ष पुस १६ गते नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ । आज ७७ वटै जिल्लाहरुमा भएका कार्यक्रमहरुलाई नेपाली काँग्रेसका नेताहरुले सम्बोधन गर्नु भएको थियो । त्यस क्रममा वक्ताहरुले वर्तमान सरकारको काम कारवाहीको विरोध गरेकख थिए । कतिपय स्थलका कार्यक्रमहरूमा सहभागी नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको आदर्श नेपाली काँग्रेसले विर्शिन थालेको दुखेसो पोखेको पनि देखिएको थियो ।