नायक तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काद्वारा नयाँबानेश्वरमा सिम्बोलिक फेसनको दोस्रो आउटलेट उद्घाटन सम्पन्न

0 Shares

Symbolic fashion PVT. lTD. को नायिका स्वस्तिमा खड्का र नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते काडमाडौंको नयाँ बानेश्वरमा रहेको Symbolic Fashion को दोस्रो आउटलेटको भव्य उद्घाटन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सो प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार – यस अघि Symbolic Fashion को पहिलो आउटलेट बैशाख १ गतेदेखि मैतिदेवीमा सञ्चालनमा रहेको छ । Symbolic Fashion को दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध छन् । साथै Nike , Adidas , Reebook , Erke जस्ता उच्च गुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ । उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राम मार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर-घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् । साथै Cash on Delivery , विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिको CEO ले बताएका छन् । निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल symbolicfashion.com बाट समेत घरैमा बसी- बसी सामान खरिद गर्न सक्नेछन् । स्टोरले आफ्ना ग्राहकहरूलाई उच्च–गुणस्तरयुक्त सामान उपलब्ध गराउने र ग्राहकको फेसन आवस्यकता पूरा गर्न सक्षम हुनेछ छ भन्ने कुरामा कलाकार द्वयले वानेश्वर शाखा उद्घाटनको क्रममा बताएका छन् । कलाकार द्वयले २०२० को अन्त्यसम्म थप तीनवटा आउटलेट खोल्ने कम्पनीको योजनालाई पनि हौसला प्रदान गर्नुका साथै सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।
उद्घाटनको साथसाथै कम्पनीले २०७६ माघ ०३ गते बाट माघ १७ गते सम्म १५ दिनको लागि “ग्रान्ड ओपनिङ फेस्ट” मनाउने भएको छ । यस अवधिभरी आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५ प्रतिशत ग्रान्ड ओपनिङ छुट दिने घोषण गरेको छ । साथै कम्पनीले सामाजिक संञ्जाल facebook , instagram मार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ । यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ । लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा रु २,०००÷– मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८:३० बजे symbolic fashion को अफिसियल फेसबुक पेजबाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ । दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनै पनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४० प्रतिशत बिल छुट पाउनेछन् । साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७ मा घोषण गरिने छ र विजेताहरूले ४०प्रतिशत flat प्राप्त गर्नेछन्। । त्यसैगरी मेगा लकी ड्र को तीन विजेता माघ १७ मा घोषण गरिने र पहिलो विजेताले MI Band 4, दोस्रो विजेताले 32″ Videocon LED TV Cubot Nova symbolic mobile र तेस्रो विजेताले रु ५,०००÷– को गिफ्ट भौचर पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply