ललितपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल ६ दिने थाइल्याण्ड भ्रमण बाट स्वदेश फिर्ता

0 Shares

ललितपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल ६ थाइल्याण्डको भ्रमण पूरा गरी स्वदेश फिर्ता भएको सोही संघले जनाएको छ । उक्त संघद्वारा महासचिव मनोजबहादुर न्याछ्योद्वारा जारी विज्ञप्तिमा निम्न विषय उल्लेख छ ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण लाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डलद्धारा यहि मिति २०७६ पौष २० देखि २५ गते सम्म थाईलाण्ड भ्रमण गरि फर्कियो ।

दुई देश विचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरु समेतको टोलीले थाईलाण्ड भ्रमण गरिएको थियो ।

भ्रमणका दौरान थाईलाण्ड स्थित थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसन, थार्ई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसन, थार्ईनेपाल चेम्बर अफ कमर्श, थार्ई चेम्बर अफ कमर्श र नेपाली दुतावाससँग समेत भेटघाट तथा छलफल गरिएको थियो ।

भेटघाट तथा छलफलका क्रममा यहि पौष २३ गते थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसनका अध्यक्ष श्री युत्ताना सिल्पसर्नविच सँग दुई देश विचको गार्मेण्ट व्यवसाय सम्बन्धी विद्यमान अवस्था र नेपालका कटन कपडाको सम्भावित प्रबद्र्धनका विषयमा आपसी सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । साथै श्री सिल्पसर्नविच नेपालको गार्मेण्ट व्यवसायको विकास एवं प्रबद्र्धनका लागि आउंदो चैत्र २०७६ सालमा ललितपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने ललित अन्तर्राष्ट्रिय व्यापार मेलाका बारेमा पनि बृहत रुपमा छलफल गरियो ।

यस्तै सोहि दिन थाई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसनका अध्यक्ष श्री सोमचाई फोर्नचिन्दारकसंगको छलफलमा नेपालको जेम्स एण्ड ज्वेलरी व्यवसायको विकास एवं प्रवद्र्धनका लागि आपसी सहकार्यमा नेपालमा भएका खनिज तथा जेम्स पत्थरहरुको प्रशोधन गरि सो सम्बन्धी प्रबद्र्धन एवं व्यापार विस्तार गर्ने बारे गहण छलफल गरियो । जेम्स र पत्थरहरुको गुणस्तर मापनको लागि एक जेम्स ल्याव स्थापना गर्ने सम्बन्धी पनि बृहत रुपमा छलफल गरिएको थियो । साथै निकट भविष्य नेपालमा हुने नेपलिज जेम्स एण्ड ज्वेलरी एक्स्पोका बारेमा समेत छलफल भएको थियो ।

थाईलाण्डको लागि नेपाली राजदुत महामहिम श्री गणेश प्रसाद ढकालसंगको भेटघाट तथा छलफलको क्रममा संघका प्रतिनिधि मण्डलहरुले थाईलाण्डमा वस्तु निर्यातका लागि भएका समस्याहरुका बारेमा अवगत गराउनुका साथै समस्या समाधानका निमित्त सम्बन्धीत निकायमा पहल गरि दिनु हुन अनुरोध गरिएको थियो भने राजदुत श्री ढकालले नेपालको व्यापार विस्तारका लागि हर सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यसै क्रममा संघका अध्यक्ष श्री महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ललितपुर उद्योग वाणिज्य संघ र दुतावासको समन्वयमा आवश्यक कार्यहरु गर्न इच्छुक रहेको बताउनु भएको थियो ।

थाईनेपाल चेम्बर अफ कमर्शसंगको छलफलमा थाईलाण्डमा नेपाली वस्तुहरुको बजार विस्तारका लागि सहकार्य गर्नुका साथै ललितपुर उद्योग वाणिज्य संघ र थाईनेपाल चेम्बर अफ कमर्शसंग सहकार्य र समन्वय गर्नको लागि एक समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।

यस्तै गरि थाई चेम्बर अफ कमर्शसंगको भेटघाट तथा छलफलमा अध्यक्ष श्री महर्जनले नेपालथाईलाण्ड विचको व्यापार विस्तारका लागि सहकार्य गर्न तयार रहनुका साथै नेपालको थाईलाण्डसंगको व्यापार घाटालाई न्यूनिकरणका लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो । यसै अवसरमा ललितपुर उद्योग वाणिज्य संघद्धारा आयोजना गरिने ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी बारे एवं संघ र थाई चेम्बर विच सहकार्य र समन्वय कार्य गर्न पहल गर्ने बारे समेत छलफल भएको थियो ।

Leave a Reply